ad ad

समाज


आजदेखि मनसुन पुन: सक्रिय, अब वर्षा बढ्ने

आजदेखि मनसुन पुन: सक्रिय, अब वर्षा बढ्ने

नेपालखबर
साउन १८, २०७६ शनिबार १:३७,

करिब एक हप्ता निस्क्रियजस्तै रहेको मनसुन आज (शनिबार) देखि पुनः सक्रिय भएको मौसमविद्ले बताएका छन्।

मौसम पूर्वानुमान महाशाखाका मौसमविद् समीर श्रेष्ठका अनुसार दक्षिण भारतमा रहेको मनसुन न्यून चापीय रेखा उत्तर नेपालतर्फ सर्दै गरेकाले आजदेखि मौसमी गतिविधि बढ्नु भएको हो।

‘आजदेखि बादलको मात्रा बढेको छ,’ नेपालखबरसँग उनले भने, ‘एक हप्ताजति मनसुनको अवस्था जस्तो (निस्क्रिय) थियो, आजदेखि त्यस्तो रहँदैन अर्थात् वर्षा हुने क्रम बढ्छ।’

मौमसविद्का अनुसार न्यून चापीय रेखा भनेको वर्षा गराउने मनसुनी प्रणाली हो। यो जति नजिक भयो उति वर्षा हुन्छ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले देशभर आंशिकदेखि सामान्यसम्म बदली छ भने पूर्वी र मध्य पहाडी क्षेत्रका एक/दुई स्थानमा हल्का वर्षा भइरहेको छ।

दिउँसो देशका केही स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यमसम्म वर्षा हुने सम्भावना रहेको महाशाखाले जनाएको छ।

तर आजलाई कतै भारीको वर्षाको सम्भावना भने नरहेको मौसमविद् श्रेष्ठले बताए।

काठमाडौं उपत्यकामा पनि आंशिकदेखि सामान्यसम्म बदली भई दिउँसोतिर पानी पर्ने सम्भावना छ। ‘बीच बीचमा खुल्ने र वर्षा हुने सम्भावना छ,’ मौसमविद् श्रेष्ठले भने।

मौसम पूर्वानुमान महाशाखाले शनिबार बिहान जारी गरेको बुलेटिन यस्तो छ :
मौसम विश्लेषण
मनसुनको न्यून चापिय रेखा नेपालको तराई भू(भाग भन्दा दक्षिण तिर अवस्थित छ र नेपाल तर्फ सर्दैछ।
देशभर समग्र मौसमको अवस्था
हाल देशभर आंशिक देखि सामान्य बदली रहेको छ ्र साथै पूर्वी र मध्य पहाडी भूभागका एक दुई स्थानमा हल्का वर्षा भैरहेको छ

आगामी तीन दिनको मौसम पूर्वानुमान
श्रावण १८ गते शनिबार
दिउँसो: देशभर आंशिक देखि सामान्य बदली रही केही स्थानहरुमा मेघ गर्जनरचट्याङ्ग सहित हल्का देखि मध्यम वर्षा हुने सम्भावना छ।
राति: देशभर आंशिक देखि सामान्य बदली रही देशका केही स्थानहरुमा मेघ गर्जनरचट्याङ्ग सहित हल्का देखि मध्यम वर्षा हुने सम्भावना छ।
श्रावण १९ गते आइतबार 
दिउँसो: देशभर आंशिक देखि सामान्य बदली रही केही स्थानहरुमा मेघ गर्जनरचट्याङ्ग सहित हल्का देखि मध्यम वर्षा हुने सम्भावना छ।
राति: देशभर आंशिक देखि सामान्य बदली रही देशको पश्चिमि भू(भागका केही स्थानहरुमा तथा मध्य र पुर्वका थोरै स्थानहरुमा मेघ गर्जनरचट्याङ्ग सहित हल्का देखि मध्यम वर्षा हुने सम्भावना छ । पश्चिम क्षेत्रका एक दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।
श्रावण २० गते सोमबार
दिउँसो: देशभर आंशिक देखि सामान्य बदली रही केही स्थानहरुमा मेघ गर्जनरचट्याङ्ग सहित हल्का देखि मध्यम वर्षा हुने सम्भावना छ। पश्चिम क्षेत्रका एक दुई स्थानमा भारी वर्षा को सम्भावना छ ।
राति:देशभर आंशिक देखि सामान्य बदली रही देशको पश्चिमि भू(भागका केही स्थानहरुमा तथा मध्य र पुर्वका थोरै स्थानहरुमा मेघ गर्जनरचट्याङ्ग सहित हल्का देखि मध्यम वर्षा हुने संभावना छ। पश्चिम क्षेत्रका एक दुई स्थानमा भारी वर्षाको सम्भावना छ ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .