ad ad

समाज


छाङरु र दुम्लिङमा सशस्त्रको स्वास्थ्य शिविर (फोटोफिचर)

छाङरु र दुम्लिङमा सशस्त्रको स्वास्थ्य शिविर (फोटोफिचर)

नेपालखबर
पुस १४, २०७७ मंगलबार १३:२५,

सशस्त्र प्रहरीले छाङरु र दुम्लिङमा स्वास्थ्य शिविर सञ्चालन गरेको छ। गत शनिबार दार्चुलाको छाङरु पुगेको सशस्त्रका चिकित्सकसहितको टोलीले त्यस क्षेत्रका स्थानीयलाई स्वास्थ्य सेवा प्रदान गरेको हो ।

त्यस क्षेत्रका सुरक्षाकर्मी र स्थानीय गरी झण्डै एकसय जनाको स्वास्थ्य परीक्षण गरिएको छ। शिविरमा सशस्त्र प्रहरीका निरीक्षक डा.रेनिश भट्टराईले स्वास्थ्य परीक्षण गरेका हुन्।

छाङरुमा सशस्त्र प्रहरी, नेपाल प्रहरी र स्थानीय गरी ५५ जनाको स्वास्थ्य परीक्षण गरिएको छ। दुम्लिङमा सशस्त्र प्रहरी र स्थानीय गरी ३५ जनाको स्वास्थ्य परीक्षण गरिएको दार्चुलाका गणपति एसपी नरेन्द्र बमले बताए।

सरकारले भारत र चीनसँग सीमा जोडिएको त्यस क्षेत्रमा सशस्त्र प्रहरीको गुल्म नै स्थापना गरेको छ। छाङरु गुल्म अन्तरगत त्यस क्षेत्रका विभिन्न ठाउँमा बोर्डर आउट पोष्ट (बीओपी) स्थापना गरिएको छ।

भौगोलिक रुपमा विकट रहेकाले सशस्त्र प्रहरीले चिकित्सकसहित पुगेर सुरक्षाकर्मी तथा स्थानीयलाई स्वास्थ्य सेवा प्रदान गरेको हो।

apf-health-check11.jpg

apf-health-check2.jpg

apf-health-check1.jpg

apf-health-check5.jpg

apf-health-check6.jpg

apf-health-check7.jpg

apf-health-check9.jpgapf-health-check10.jpg

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .