ad ad

समाज


कलेजो प्रत्यारोपण गर्न १४ लाख आर्थिक सहयोग

कलेजो प्रत्यारोपण गर्न १४ लाख आर्थिक सहयोग

नेपालखबर
पुस १४, २०७७ मंगलबार ३:४८,

म्याग्दीका एक व्यक्तिलाई कलेजो प्रत्यारोपणका लागि १४ लाख रुपैयाँ सहयोग जुटेको छ।

कलेजोको समस्याले थलिएका धवलागिरि गाउँपालिका–७ धारापानीका ५३ वर्षीय खड्कबहादुर थापाको उपचारका लागि सोमबार १३ लाख ९६ हजार ३९६ सहयोग गरिएको हो।

काठमाडौँ–धारापानी सम्पर्क समाजले स्वदेश तथा विदेशमा रहेकाहरुबाट रकम सङ्कलन गरेर थापालाई हस्तान्तरण गरेको हो। अभियानको नेतृत्वकर्ता अध्यक्ष क्याप्टेन भरतबहादुर थापाले सङ्कलित रकम थापालाई उपलब्ध गराइएको जानकारी दिए।

आर्थिक सहयोग गर्नेको नामावली र ठेगानासहितको विवरण सोमबार सार्वजनिक गर्दै समाजले सहयोगदातालाई धन्यवाद ज्ञापन गरेको छ।, ‘सहयोग जुटाउन फलियागाउँ–काठमाडौँ समाजले पनि सघाएको थियो,’ थापाले भने।

नवलपुरको बेल्डीयाबाट केशरबहादुर थापा र डम्मरबहादुर थापाको संयोजकत्वमा ६८ हजार ५०५, कोरियाबाट कृष्णबहादुर थापाको संयोजकत्वमा ६९ हजार, जापानबाट काजी थापा, जीतबहादुर खत्री र अमृत थापाको पहलमा एक लाख ८८ हजार १९०, अष्टे«लियाबाट किसान पुन मगर, चक्रबहादुर थापा, भूपेन्द्र थापा, सन्तोष थापा र चन्द्रप्रकाश थापाको अगुवाइमा एक लाख ८७ हजार सङ्कलन भएको थियो।

बेनीमा बस्दै आएका ५३ वर्षीय थापाको उपचारको क्रममा अर्थाभावपछि परिवारले सहयोगको अपिल गरेको थियो । ओमकुमारी शान्ति कोषले पनि थापाको उपचारका लागि सहयोग सङ्कलन अभियान सञ्चालन गरेको थियो । बेनीको न्यूरोडका व्यवसायी र थापाका आफन्त एवं धारापानीका बासिन्दाले पनि सहयोग गरेका थिए।

निर्माणसम्बन्धी काम गरेर जीविकोपार्जन गर्दै आएका थापाको हाल भारतको मुम्बईस्थित नायर अस्पतालमा उपचार भइरहेको छ। थापाकी श्रीमती यामुले आवश्यक आर्थिक स्रोत जुटेपछि शल्यक्रिया गरेर कलेजो प्रत्यारोपणको तयारी गरिएको जानकारी दिइन्। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .