ad ad

समाज


काठमाडौंको तापक्रम एक डिग्रीमा झर्‍याे, बिहीबारसम्म माैसम यस्ताे रहने अनुमान

काठमाडौंको तापक्रम एक डिग्रीमा झर्‍याे, बिहीबारसम्म माैसम यस्ताे रहने अनुमान

नेपालखबर
पुस १४, २०७७ मंगलबार २:५,

देशभर चिसो बढ्ने क्रम जारी छ। यसै क्रममा काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम आज (मंगलबार) निकै तल झरेको छ।

मौसम पूर्वानुमान महाशाखाकी मौसमविद् सजिना शाक्यका अनुसार आज (मंगलबार) बिहान साढे ५ बजेको मापनअनुसार काठमाडौंको न्यूनतम तापक्रम १.१ डिग्रीमा झरेको हो।

यो यस वर्षअन्तर्गत अहिलेसम्मकै कम तापक्रम हो। हिजो (सोमबार) काठमाडौंको न्यूनतम तापक्रम २.८ डिग्री सेल्सियस थियो।

मौसमविद्का अनुसार अहिले नेपालमा पश्चिमी वायुको सामान्य प्रभाव छ। यतिबेला पहाडी भेगमा मौसम सामान्यतया सफा छ भने तराईमा हुस्सु/कुहिरो लागेको छ।

महाशाखाले आज (मंगलबार) बिहान ६ बजे  आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श जारी गर्दै भनेको छ : तापक्रम चिसो रहिरहने तथा तराई र पहाडी भूभागका केही स्थानमा बिहानीपख हुस्सु/कुहिरोका कारण वायुको पारदर्शितामा कमी हुन गई सडक तथा हवाई यातायात प्रभावित हुन सक्ने सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउन हुन सबैमा अनुरोध छ।

महाशाखाले जारी गरेकाे आगामी ३ दिनको मौसम पूर्वानुमान यस्ताे छ-

पुस गते(मंगलबार)

दिउँसो : प्रदेश नं १ को पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ।

राती : सुदूरपश्चिम प्रदेशमा आंशिकदेखि सामान्य बदली रही बाँकी भूभागमा  मौसम सामान्यतया सफा रहनेछ।पुसगते(बुधबार)

दिउँसो :  सुदूरपश्चिम, कर्णाली  र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ। 

राती : गण्डकी प्रदेश र  प्रदेश नं १ को पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ।  

पुसगते(बिहीबार)

दिउँसो :  सुदूरपश्चिम, कर्णाली  प्रदेशमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ। 

राती : सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेश भूभागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .