ad ad

कारोबार


सुनको मूल्य एक दिनमै तोलाको ७ सयले बढ्यो

सुनको मूल्य एक दिनमै तोलाको ७ सयले बढ्यो

नेपालखबर
पुस १४, २०७७ मंगलबार १:५४,

सुनको मूल्य सोमबार तोलामा सात सय रुपैयाँले बढेको छ।

शुक्रबारदेखि आइतबारसम्म यथावत रहेको सुनको मूल्य सोमबार एक दिनमै सात सय रुपैयाँ बृद्धि भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

आइतबार प्रतितोला ९४ हजार २०० मा कारोबार भएको छापावाल सुन सोमबार ९४ हजार ९०० मा कारोबार भएको छ। आइतबार प्रतितोला ९३ हजार ७०० मा कारोबार भएको तेजाबी सुन सोमबार प्रतितोला ७०० ले वृद्धि भई ९४ हजार ४०० मा कारोवार भएको छ।

सोमबार चाँदी प्रतितोला एक हजार ३१५ मा कारोवार भएको छ। अघिल्लो दिनको तुलनामा यो ३५ रुपैयाँ बढी हो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .