ठगी मुद्दामा प्रहरी हिरासतमा रहेका ब्यक्तिलाई छुटाइदिने भन्दै महोत्तरीका एक ब्यक्तिले एक लाख रुपैयाँ ठगी गरेका छन्।
ठगी आरोपमा प्रहरीले महोत्तरी गाउँपालिका–३ का ३४ वर्षीय प्रविण कुमार लाभलाई पक्राउ गरेको हो।
प्रहरी अनुसन्धानका क्रममा थुनामा रहेका आकिव जावेद, यम दादुल मोमिन र सगिर शेख लाई थुनामुक्त गरिदिने भन्दै लाभले जनकपुर उप–महानगरपालिका–२ का ३४ वर्षीय मोहम्मद आर्फिन अलिनसँगग बानेश्वर स्थित मुड क्याफेमा भेटी एक लाख रुपैयाँ लिएका थिए।
विशेष सूचनाका आधारमा बिहीबार पक्राउ परेका लाभमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
प्रतिक्रिया