ad ad

कला


सुकुम शर्माको समालोचनात्मक कृति ‘परिचयका सन्दर्भमा घनश्याम ढकाल’ सार्वजनिक

सुकुम शर्माको समालोचनात्मक कृति ‘परिचयका सन्दर्भमा घनश्याम ढकाल’  सार्वजनिक

नेपालखबर
साउन १७, २०७६ शुक्रबार १२:५२,

समालोचक सुकुम शर्माको समालोचनात्मक कृति ‘परिचयका सन्दर्भमा घनश्याम ढकाल’ सार्वजनिक भएको छ।

शुक्रबार घनश्याम ढकाल सांस्कृतिक प्रतिष्ठानमा आयोजित पुस्तक विमोचन तथा परिचर्चा कार्यक्रममा समालोचक तथा सौन्दर्यचिन्तक निनु चापागाईं, समालोचक प्रा.डा. ताराकान्त पाण्डे र लेखक शर्माले संयुक्त रुपमा पुस्तकको विमोचन गरेका हुन्।

साहित्यकार घनश्याम ढकाल र उनका सिर्जनाको समलोचना गरिएको सो पुस्तक घनश्याम ढकाल सांस्कृतिक प्रतिष्ठानले प्रकाशन गरेको हो।

समालोचक, माक्सवादी सौन्दर्य चिन्तक निनु चापागाईंले साहित्यकार ढकाल वर्ग र पार्टीप्रति प्रतिवद्ध हुँदाहुँदै पनि नेतृत्वको आलोचना गर्ने क्षमता भएको स्रष्टा भएको बताए। उनले ढकालले नेपाली प्रगतिसिल साहित्य, समालोचना र सौन्दर्य चिन्तका क्षेत्रमा उल्लेख्य योगदान दिएको भन्दै शब्द र कर्मबीचको एकत्व ढकालको मूल परिचय भएको बताए।

घनश्याम सांस्कृतिक प्रतिष्ठानका अध्यक्ष समेत रहेका चापागाईंले अहिले नेपाली साहित्य समाचलोचना क्षेत्रमा चाकडी प्रथा मौलाउँदै गएको र वैचारिक रुपमा समेत स्खलित भएको भन्दै चिन्ता व्यक्त गरे। प्रतिष्ठान गठनको लामो समय बितिसम्दा समेत उल्लेख्य काम गर्न नसकेको बताउँदै उनले छिट्टै वैचारिक खालको प्रकाशनबारे छलफल भइरहेको बताए।

कार्यक्रममा विमोचित कृतिमाथि परिचर्चा गर्दै समालोचक प्रा.डा. ताराकान्त पाण्डेले शर्माले ढाकालको जीवनी र सिर्जनामाथि इमान्दार भएर सटिक रुपमा विश्लेषण गरेको बताए। उनले ढकाल एक इमान्दार र निर्भिक स्रष्टा र समालोचक भएको बताउँदै उनका बारेमा अझै गम्भीर अध्ययन आवश्यकता रहेको बताए। समालोचक पाण्डेले ढकालको समग्र जीवनी र सिर्जनाको मर्मलाई शर्माको पुस्तकले समेटेको र ढकाललाई चिन्न र बुझ्नका लागि यो पुस्तक उपयुक्त हुने बताए।

लेखक शर्माले घनश्याम ढकालका बारेमा लेख्दा आफू भावुक हुने बताए। आफूले लामो समयदेखि ढकालसँग सहयात्रा गरेको बताउँदै उनले उनी आफ्ना साहित्यिक गुरु भएको बताए। उनले आफू प्रगतिवादी व्यक्तिमा केन्द्रित भएर अध्ययन र लेखन गरिरहेको जानकारी दिए

त्रिभुवन विश्वविद्यालय केन्द्रीय क्याम्पसमा प्रध्यापनरत शर्माका यसअघि ‘नेपाली भाषामा टर्नरको योगदान’, ‘कवि इच्छुक कविताका सन्दर्भमा’, ‘लहराका फूलहरू’, ‘समयका छर्राहरू’, ‘आगाको यात्रा’, ‘सङ्घर्षशील युवाको डायरी’, ‘अनवरत यात्रा’, ‘कोम्रोङखोला बाँचे भेट होला’, ‘पारिजातका कविताको अध्ययन’ लगायतका डेढ दर्जन कृति प्रकाशित छन्।

साहित्यकार ढकालको २०६८ फागुन १ गते मृकुटी मण्डपमा सडक दुर्घटनामा निधन भएको थियो। उनका सिर्जना, समालोचनाका गरेर डेढ दर्जभन्दा बढी कृति प्रकाशित छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .