आगामी डिसेम्बर १ देखि १० तारिखसम्म नेपालमा हुने १३ औं दक्षिण एसियाली खेलकुद (साग) को लागि नेपाली राष्ट्रिय पुरुष फुटबलको प्रारम्भिक प्रशिक्षणमा ४५ जनालाई बोलाइएको छ।
अखिल नेपाल फुटबल संघ (एन्फा) ले शुक्रबारबाट सुरु गरेको बन्द प्रशिक्षणमा सिनियर टोलीका ५ खेलाडीसहित ४५ जनालाई तयारीका लागि बोलाएको हो।
साग फुटबलमा यू-२३ टिमले सहभागिता जनाउने भएपनि त्यसमा सिनियर टिमका ३ खेलाडीले खेल्न पाउने नियम रहेको छ।
सिनियर टिमका गोलरक्षक किरण चेम्जोङ, डिफेन्डर बिक्रम लामा, मिडफिल्डरमा सुजल श्रेष्ठ र रोहित चन्द र स्ट्राइकरमा नवयुग श्रेष्ठलाई प्रशिक्षक बालगोपाल महर्जनले टोलीमा सहभागी गराएका छन्।
प्रारम्भिक टिम :
गोलरक्षक : किरण चेम्जोङ, अर्पण कार्की, रोमन रसाईली, दिप कार्की, देव लिम्बु, प्रदिप भण्डारी, अभिषेक बराल
डिफेन्डर : बिक्रम लामा, दिनेश राजबंशी, सुमन अर्याल, अशिम भुषाल, विकास खवास, अमित तामाङ, विश्वास उदास, अनन्त तामाङ, छिरिङ गुरुङ, गौरव बुढाथोकी, राजन गुरुङ, रोमन लिम्बु
मिडफिल्डर : हेमन्त थापा मगर, रोशन पहारी, सुनिल बल, तेज तामाङ, सुजल श्रेष्ठ, नितिन थापा, सेसेहाङ आङ्देम्बे, एरिक विष्ट, अरुज सिंह, अशोक थापा, विजय श्रेष्ठ, दिपेश आले मगर, सुशान्त श्रेष्ठ, राम चन्द्र वाजी, अन्जन बिष्ट
स्ट्राइकर : अभिषेक रिजाल, विमल घर्ति मगर, रेजिन सुब्बा, धिरज श्रेष्ठ, राजिब लोप्चान, रोजश परियार, प्रिजेन तामाङ, मिक्चेन तामाङ, पुजन उपरकोटी, नवयुग श्रेष्ठ
प्रतिक्रिया