ad ad

समाज


३ हजार ८२८ पीसीआर परीक्षण, ४८१ मा कोरोना पुष्टि, ७३१ निको भए

३ हजार ८२८ पीसीआर परीक्षण, ४८१ मा कोरोना पुष्टि, ७३१ निको भए

नेपालखबर
पुस १२, २०७७ आइतबार १०:३९,

नेपालमा पछिल्लो २४ घण्टामा थप ४८१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको आइतबारको प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा देशभरमा थप ४८१ जनामा कोरोना पुष्टि भएको हो।

यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ५८ हजार १८१ पुगेको छ।

प्रवक्ता गौतमका अनुसार आज देशभर सक्रिय संक्रमितको संख्या ६ हजार ४९३ रहेको छ।

पछिल्ले २४ घण्टामा ३८२८ पीसीआर परीक्षण भएको प्रवक्ता गौतमले बताए।

त्यस्तै पछिल्लो २४ घण्टामा थप ७३१ जना कोरोना संक्रमित निको भएसँगै नेपालमा अहिलेसम्म कोरोना निको हुनेको संख्या २ लाख ४९ हजार ८६३ पुगेको मन्त्रालयले जनाएको छ।

त्यस्तै पछिल्लो २४ घण्टामा थप ६ जना कोरोना संक्रमितको निधन भएको छ।

योसँगै कोरोनका कारण निधन हुनेको संख्या १ हजार ८२५ पुगेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .