साउदीका स्वास्थ्यमन्त्री डाक्टर तौफिक अल–अबिआका अनुसार राजकुमार सलमानले खोप लगाएका छन्।
सलमानले खोप लगाएको तस्बिर सार्वजनिक हुना साथ यतिबेला साउदीमा कोरोनाविरुद्धको खोप लगाउने भनेर नाम दर्ता गराउनेको संख्या पाँच गुणाले बढेको छ।
आइतबारसम्म पाँच लाख मानिसले खोप लगाउन आफ्नो नाम दर्ता गरेको बीबीसीले जनाएको छ।
साउदीमा अमेरिकी कम्पनी फाइजर र जर्मन कम्पनी बायोएनटेकले संयुक्त रुपमा निर्माण गरेको खोपलाई स्वीकृति दिइएको छ।
यस खोप ९५ प्रतिशत प्रभावकारी भएको बताइएको छ। हालसम्म साउदीमा दश हजारमा खोप दिइसकिएको छ। एजेन्सी

प्रतिक्रिया