समाज


बेलायतपछि कोरोनाको नयाँ प्रकार अन्य ८ देशमा पनि देखियो, यसबाट युवा धेरै प्रभावित

बेलायतपछि कोरोनाको नयाँ प्रकार अन्य ८ देशमा पनि देखियो, यसबाट युवा धेरै प्रभावित

नेपालखबर
पुस ११, २०७७ शनिबार १२:९,

युरोपेली संघ अन्तर्गतका आठ ओटा मुलुकमा नयाँ प्रकारको कोरोना भाइरस देखिन थालेको पुष्टि भएको विश्व स्वास्थ्य संगठन डब्लुएचओले जनाएको छ।

डब्लुएचओका युरोपेली क्षेत्रका क्षेत्रीय निर्देशक हन्स क्युगले आफ्नो कार्यालयले अवस्थालाई गम्भीरतापूवक हेरिरहेको जानकारी दिएका छन्।

उनले नयाँ प्रकारको भाइरसका लागि रक्षात्मक र नियन्त्रणात्मक व्यवस्था कडाइका साथ पालना गर्नु पर्नेमा पनि जोड दिए।

कोरोनाको पुरानो भाइरसको भन्दा फरक नतिजा देखाउँदै नयाँ प्रकारको भाइरसले युवाहरुलाई बढी प्रभावित पारेको देखिएको पनि बताइएको छ।

नयाँ प्रकारको कोरोना देखिएका आठ देशको पहिचान भएको बताएपनि देशहरुको नाम भने उल्लेख गरिएको छैन।

यद्यपी बीबीसीले हालैमात्र फ्रान्समा नयाँ प्रकारको कोरोना देखिएको समाचार प्रकाशित गरेको थियो।

नयाँ प्रकारको कोरोना भाइरसको त्रास बढेपछि सामाजिक दुरी कायम गर्ने, मास्क लगाउने र सावुन पानीले हात हुने वा सेनिटाइजरको प्रयोग गर्ने लगायतका उपायहरुलाई कडाइका साथ अबलम्बन गर्न डब्लूएचओले आग्रह गरेको छ।

“डब्लुएचओले सवै अवस्थालाई गम्भीरतापूर्वक नियालीरहेको छ,” निर्देशक क्लुगले सामाजिक सञ्जाल ट्वीटरमा लेखेका छन्।

यसको गुण, लक्षण, असरलगायतका बारेमा अध्ययन अनुसन्धान भइरहेको र नतिजा आएर धेरै कुरा प्रष्ट भइसकेपछि मात्रै थप नयाँ रणनीति तय गर्न सकिने डब्लुएचओको भनाई छ।

नयाँ प्रकारको कोरोना बेलायतमा गत हप्ता पुष्टि गरिएको थियो। यो नै पहिलो पटक पुष्टि भएको हो। त्यसपछि बेलायतबाट अन्य देशहरुमा आवतजावत गर्न थप प्रतिबन्ध लगाइएको छ। तर अन्य देशहरुमा पनि फैलिएको पुष्टि भइसकेको छ। एएनआई र एपीको सहयोगमा

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad