बेलायत र दक्षिण अफ्रिकामा अझ खतरनाक बनेर कोरोना भाइरसको नयाँ प्रजाति फैलिरहेको खबरले विश्वभर चिन्ता छाइरहेका बेला फ्रान्समा पनि त्यो देखापरेको छ।
फ्रान्सको स्वास्थ्य मन्त्रालयका अनुसार टुअर्स सहरमा नयाँ स्वरूपको कोरोना भाइरसले संक्रमित व्यक्ति फेला परेका हुन्। जो यही डिसेम्बर १९ का दिन बेलायतबाट फ्रान्स फर्किएका थिए।
कोरोनाको नयाँ प्रजाति द्रुत गतिमा फैलिरहेको बताइएको छ।
फ्रान्सको स्वास्थ्य मन्त्रायले नयाँ कोरोना भाइरसबाट संक्रमित ती व्यक्तिलाई आइसोलेसनमा राखिएको जानकारी दिएको छ।
बेलायत र दक्षिण अफ्रिकामा फेला परेका कोरोनाको नयाँ रूप पहिलेका भाइरसभन्दा निकै घातक र संक्रामक रहेको बताइएको छ। जसले वैज्ञानिकमा चिन्ता बढाएको बीबीसीले जनाएकाे छ।

प्रतिक्रिया