ad ad

समाज


स्याङ्जा र तनहुँका कोरोना संक्रमितको पोखरामा मृत्यु

स्याङ्जा र तनहुँका कोरोना संक्रमितको पोखरामा मृत्यु

नेपालखबर
पुस ९, २०७७ बिहिबार ७:१५,

पोखरामा थप दुई कोरोना संक्रमितको मृत्यु भएको छ।

प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचाररत स्याङ्जाकी महिला र तनहुँका पुरुषको बुधबार साँझ मृत्यु भएको हो।

प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक डा. विनोदविन्दु शर्माका अनुसार तनहुँको म्याग्दे गाउँपालिका–५ का ७३ वर्षीय पुरुषको मृत्यु भएको हो। उनमा बुधबार नै कोरोना पुष्टि भएको थियो।

त्यस्तै पुस ९ गते कोरोना पुष्टि भएकी स्याङजाको फेदीखोला गाउँपालिका–१ कि ७४ वर्षीया महिलाको मृत्यु भएको हो

 

यससँगै गण्डकीमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १९० पुगेको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .