बाजुरामा पहिराले घर पुर्दा आमा र छोरीको मृत्यु भएको छ। अन्य पाँच जना घाइते भएका छन्।
बाजुरा जिल्ला प्रहरी कार्यालयले टेलिफाेनबाट नेपालखबरलाई दिएकाे जानकारीअनुसार लगातार वर्षाका कारण खसेकाे पहिरामा परेर जिल्लाको गौमुल गाउँपालिका-६, बसला शान्तिटाेलस्थित एकै परिवारका २ जनाकाे मृत्य भएकाे हाे भने ५ जना घाइते भएका हुन्।
घर पछाडिबाट खसेकाे पहिराेले सुतकै ठाउँमा च्यापिएर स्थानीय ३० वर्षीया निरुता चदाँरा र उनकी छोरी ६ वर्षीया किस्मिताको मृत्यु भएको प्रहरीले जानकारी दिएकाे छ।
बाजुरा प्रहरीका अनुसार बिहीबार राति साढे १२ बजेतिर पहिराले कच्ची तीनतले घर पुर्दा त्यसभित्र सुतिरहेका सात जनामध्ये दुई जनाको मृत्यु भएको हो। अन्य पाँच जना घाइते भएका छन्।
घाइतेमध्ये मृतकका सुसुरा जंगे चदाँराकाे अवस्था गम्भीर छ। स्थानीय स्वास्थ्य चाैकीमा सामान्य उपचारपछि उनलाई बाजुरा जिल्ला अस्पताल लगिएकाे प्रहरीले जनाएकाे छ।
अन्य घाइतेहरु उनका ३८ वर्षीय छोरा सुके चदाँरा, ३८ वर्षया बुहारी जडेनी चँदारा, १२ वर्षीया अस्मिता चदाँरा र १० वर्षीय विकास चदाँराकाे अवस्था भने सामान्य रहेकाे प्रहरीकाे भनाइ छ।
प्रतिक्रिया