ad ad

समाज


अग्लो ढिस्को कटेर महानगरपालिकाको गाडी ट्याक्सीमाथि चढेपछि...

अग्लो ढिस्को कटेर महानगरपालिकाको गाडी ट्याक्सीमाथि चढेपछि...

नेपालखबर
साउन १७, २०७६ शुक्रबार ३:५६,

काठमाडौं महानगरपालिकाको फोहोर बाेक्ने गाडीले शुक्रबार बिहान सिफलचौरमा भयानक दुर्घटना गराएको छ ।

काठमाडौं महानगरपालिकाको फोहोर बोक्ने बा १ ग २२९८ नम्बरको गाडी जयवागेश्वरी मन्दिरबाट भण्डारखालको जंगल सकिएलगत्तै मोडमा २ फिट अग्लो माटोको ढिस्को नाघेर अर्को साइडको बाटोमा पार्किङमा रहेका ट्याक्सीमाथि चढेको हो।

mahanagar palika mini truck accident 2

रक्सी खाएका चालकले गाडी हुँक्याइँदा गम्भीर दुर्घटना भएको प्रत्यक्षदर्शीले बताएका छन्। तर मानवीय क्षति हुनबाट भनेको बचेको स्थानीयले जनाएका छन्।

दुर्घटनामा बा १ ज ७७२३ र बा १ ज ४०४७ नम्बरका दुई ट्याक्सीमा ठूलो क्षति पुगेको छ। गाडी जथाभावी हुइँकिएको देखेपछि वरपरका मान्छेको भागाभाग भएकाे थियाे।

mahanagar palika mini truck accident

चालकले रक्सी खाएकाे गन्ध अाएकाे प्रहरीले जनाएकाे छ। गाडी चालकलाई गौशाला प्रहरीले नियन्त्रणमा लिएकाे छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .