समाज


दिल्लीमा ३ दिनको शिशुलाई नालीमा फ्याँकियो, कठ्यांग्रिएको अवस्थामा भेटिएपछि उद्धार

दिल्लीमा ३ दिनको शिशुलाई नालीमा फ्याँकियो, कठ्यांग्रिएको अवस्थामा भेटिएपछि उद्धार

नेपालखबर
पुस ७, २०७७ मंगलबार १२:४९,

१२ घण्टासम्म नालीमा फ्याँकिएको शिशु चिसोले कठ्यांग्रिएको अवस्थामा भेटिएपछि मंगलबार उद्धार गरिएको छ।

टाइम्स अफ इन्डियाका अनुसार शिशुकी आमाले कपडामा पोका पारेर उनलाई फ्याँकेका थिए।

तर २३ वर्षकी एक इन्सुरेन्स एजेन्टले नालीमा बालिका कठ्यांग्रिएको देखेपछि उद्धार गरेकी थिइन्।

अनु नाम गरेकी युवतीले ती शिशुलाई बचाएको प्रहरीको भनाइ छ।

अस्पलतामा उपचारपछि यतिबेला शिशुको अवस्था सामान्य भएको बताइएको छ।

चाइल्ड वेल्फेयर कमिटीले हाल बच्चको स्वामित्व लिएको छ। हाल बच्चा फ्याँक्ने आमाको खोजी भइरहेको छ।

शिशुलाई उद्धार गर्ने अनुको यतिबेला भारतभर प्रशंसा भइरहेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad