समाज


कोरोना संक्रमित आमाले जन्माएका १२० शिशुमा भाइरस सरेन !

कोरोना संक्रमित आमाले जन्माएका १२० शिशुमा भाइरस सरेन !

नेपालखबर
पुस ५, २०७७ आइतबार १:८,

कोरोना संक्रमित महिलाले जन्माएका शिशुमा भाइरस नसरेको एक अध्ययनले देखाएको छ।

न्युयोर्कका ३ अस्पतालमा कोरोना संक्रमण भएका महिलाले जन्माएका १२० शिशुको परीक्षण गर्दा कसैमा पनि कोरोना पोजिटिभ नदेखिएको हो।

आमासँग एउटै कोठामा बस्दा र स्तनपान गराउँदा समेत शिशुमा भाइरस नसरेको पाइएको अनुसन्धानकर्ताले बताएका छन्।

तर यस विषयमा अझ विस्तृत अनुसन्धान गर्न आवश्यक रहेको उनीहरूको भनाइ छ।

यस अध्ययनमा सहभागी संक्रमित आमालाई बच्चासँग एउटै कोठामा राखिए पनि आमाले मास्क लगाउने र नियमित हात धोइरहनेजस्ता सुरक्षा अपनाएका थिए। बच्चा सुत्ने ठाउँ आमाको खाटबाट २ मिटर टाढा राखिएको थियो।

अध्ययन टोलीकी प्रमुख डाक्टर क्रिस्टिन सेलभटोरले यस अनुसन्धानबाट गर्भवती संक्रमित भए पनि जन्मिने शिशु सुरक्षित नै रहने देखिाएको बताएकी छन्।

‘तर यसबारे अझ धेरै जानकारी लिन ठूलो स्तरको अध्ययन आवश्यक छ,’ उनले भनिन्। बीबीसी

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad