समाज


७१० कोरोना संक्रमित थपिए, ११ सय ७५ निको भए, १२ को मृत्यु

७१० कोरोना संक्रमित थपिए, ११ सय ७५ निको भए, १२ को मृत्यु

नेपालखबर
पुस ४, २०७७ शनिबार १०:३९,

नेपालमा पछिल्लो २४ घण्टामा थप ७१० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शनिबार अपरान्ह दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा थप ७१० जनामा कोरोना संक्रमण पुष्टि भएको हो।

योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ५३ हजार १८४ पुगेको मन्त्रालयले जनाएको छ। त्यस्तै आज देशभर सक्रिय संक्रमितको संख्या ८ हजार ८४० रहेको छ।

त्यस्तै पछिल्लो २४ घण्टामा १ हजार १७५ जना संक्रमित निको भएको मन्त्रालयले जनाएको छ। योसँगै निको हुनेको संख्या २ लाख ४२ हजार ५६७ पुगेको छ।

त्यस्तै पछिल्लो २४ घण्टामा १२ कोरोना संक्रमितको निधन भएको छ। योसँगै कोरोनाका कारण निधन हुनेको संख्या १ हजार ७७७ पुगेको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad