ad ad

समाज


सर्वोच्च बारमा नयाँ पदाधिकारीका लागि निर्वाचन शनिबार

सर्वोच्च बारमा नयाँ पदाधिकारीका लागि निर्वाचन शनिबार

नेपालखबर
पुस ३, २०७७ शुक्रबार १४:५६,

सर्वोच्च अदालत बार एशोसिएसनको नयाँ कार्यसमितिका लागि शनिबार निर्वाचन हुँदैछ।

प्रगतिशील, पेशागत, देशभक्त तथा समावेशी कानून व्यवसायी समूहको नेतृत्व वरिष्ठ अविधक्ता रविनारायण खनाल र वृहत लोकतान्त्रिक समावेशी (मधेशी, आदिवासी, जनजाती) पेशागत कानून व्यवासायी समूहको नेतृत्व वरिष्ठ अधिवक्ता पूर्णमानव शाक्यले गरेका छन्।

वरिष्ठ अधिवक्ता खनाल पूर्णरुपमा कानूनी पेशामा समर्पित छन् भने अर्को वरिष्ठ अधिवक्ता शाक्य प्रोफेसर पनि हुन्।

सर्वोच्च बारको प्रमुख निर्वाचन अधिकृत राजु खड्काका अनुसार सर्वोच्च बारमा सदस्य जम्मा ६०५ जना कानूनी व्यवसायीले मतदान गर्दै छन्। बिहान ८ बजेदेखि २ बजेसम्म निर्वाचनको समय तोकिएको छ।

सर्वोच्च बारका सदस्यमा कोभिडको संक्रमण भएको सदस्य भएमा लाइनमा नबसीकन सिधै मतदान गर्ने व्यवस्था गरिएको छ। सर्वोच्च बारले यसपटक मत माग्दै प्रचारप्रसारको सामाग्री कागज बाँड्ने काममा प्रतिवन्ध लगाएको छ। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .