ad ad

समाज


ट्याक्टरको ठक्करबाट बालकको मृत्यु, स्याउलाले शव छोपेर भागे चालक

ट्याक्टरको ठक्करबाट बालकको मृत्यु, स्याउलाले शव छोपेर भागे चालक

नेपालखबर
पुस ३, २०७७ शुक्रबार ९:१३,

सप्तरीमा ट्याक्टरको ठक्करबाट ६ वर्षीय बालकको ज्यान गएको छ।

तिलाठी कोइलाडी गाउँपालिका ३ सकपुरामा बिहीबार दिउँसोदेखि हराइरहेका बालकको शुक्रबार आँपका स्याउलाले छोपिएको अवस्थामा घर नजिकै शव फेला परेको हो।

रोहित मुखियाले छोरा आनन्द मुखिया आफ्नै घरको पुर्व पट्टी रहेको आँपको बगैचामा खेल्ने क्रममा हराएको भन्दै बिहीबार राति १० बजे प्रहरीलाई खबर गरेका थिए।

प्रहरी चौकी तिलाठी र जिल्ला प्रहरी कार्यालयबाट खटिएको टोलीले बालकको खोजतलास गर्ने क्रममा बिहीबार बिहान ९ बजे आँपको हाँगाले छोेपेको अवस्थामा बालकको शव फेला पारेको हो।शव पोष्टमार्टमका लागि गजेन्द्र नारायण सिंह अस्पताल राजबिराज लगिएको छ।

बालकलाई स १ त ७७५२ नं सोनालीका कम्पनीको ट्याक्टरले किची मृत्यु भएको र बालकको मृत्युपछि आँपको हाँगाले शव छोपेको प्रहरीको प्रारम्भिक निष्कर्ष छ।

उक्त ट्याकटर प्रहरीले नियन्त्रणमा लिएको छ। चालक भने हाल फरार छन्। उनको खोजी भइरहेको सप्तरीका प्रहरी प्रवक्ता डीएसपी भुवनेश्वर प्रसाद साहले बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .