ad ad

कारोबार


अर्थमन्त्री पौडेलले भनेः सरकारले कोरोना खोप समयमै ल्याएर सबै नेपालीलाई निःशुल्क उपलब्ध गराउँछ

अर्थमन्त्री पौडेलले भनेः सरकारले कोरोना खोप समयमै ल्याएर सबै नेपालीलाई निःशुल्क उपलब्ध गराउँछ

नेपालखबर
पुस ३, २०७७ शुक्रबार ९:१०,

अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सरकारले कोरोनाविरुद्धको खोप समयमै नेपाल भित्र्याएर सबै नेपालीलाई निःशुल्क उपलब्ध गराउन तल्लीन रहेको बताएका छन्।

सिंहदरबारस्थित मन्त्रालयमा नेपाल आर्थिक पत्रकार संघ (नाफिज)को नयाँ कार्यसमितिका पदाधिकारीसँगको भेटमा अर्थमन्त्री पौडेलले उक्त कुरा बताएका हुन्।

‘अहिले कोरोनाले राजस्व, आर्थिक वृद्धिदरमा प्रभाव परिरहेको छ, त्यसलाई सफल बनाउन अहिले मुख्य दायित्व हो। त्यसमा सरकारको ध्यान केन्द्रित छ’, उनले भने, ‘कोरोना भ्याक्सिनको इन्नोभेसन संसारमा अघि बढिसकेको छ, त्यसलाई नेपाल भित्र्याउन सरकारले मुख्य ध्यान दिएको छ।’

१४ वर्षमाथिका लागि भ्याक्सिन समयमै गुणस्तरीय भ्याक्सिन नेपाल भित्र्याउने गरी काम गरिरहेको उनले बताए। त्यसको लागि सरकारले स्रोत अभाव हुन नदिने गरी काम गरिरहेको र कोरोना भ्याक्सिन सबै नेपालीको लागि निःशुल्क हुनेमा विश्वस्त हुन उनले आग्रह गरे।

त्यस्तै उनले अहिले राजनीतिक अवस्था तरंगित भएको र संविधान कार्यान्वयनको चरणमा रहँदा धेरैले अस्थिरता चाहिरहेका हुन सक्ने बताउँदै त्यो सम्भव नभएको बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .