ad ad

कारोबार


अब एटीएमबाट विना कार्ड नै पैसा निकाल्न सकिने, लक्ष्मी बैंकले थाल्यो कार्डरहित एटीएम

अब एटीएमबाट विना कार्ड नै पैसा निकाल्न सकिने, लक्ष्मी बैंकले थाल्यो कार्डरहित एटीएम

नेपालखबर
पुस ३, २०७७ शुक्रबार ९:१६,

डिजिटल बैंकिंग प्रविधि विस्तार गर्ने अभियानको क्रममा लक्ष्मी बैंकले तपाईंको वालेटलाई पूर्ण रुपमा डिजिटल बनाउने तयारी गरिरहेको छ।

त्यो समय आउनलाई सायद केहि समय पक्कै लाग्न सक्छ तर अहिलेको लागि भने लक्ष्मी बैंकले एटीएम कार्डविनै पैसा निकाल्न सकिने प्रविधि सुरु गरेको छ। यो एक नौलो प्रविधि हो।

अब लक्ष्मी बैंकको एटीएमबाट पैसा झिक्न एटीएम कार्ड नै नचाहिने भएको छ। बैंकको मोबाइल एपमा रहेको एक सुविधा प्रयोग गरेर ग्राहकले सजिलै एटीएमबाट कार्डविना नै पैसा झिक्न सक्ने बैंकले जनाएको छ। ग्राहकलाई केवल बैंकको मोबाइल बैंकिङ एप – “मोबाइल मनि” र आफ्नो मोबाइलमा इन्टरनेट भए पुग्छ।

साथै ग्राहकले बैंकको सो सेवा सब्स्क्राइब गरेको हुनुपर्नेछ।

यो सुविधा प्रयोग गर्न खासै गाह्रो छैन। ग्राहकले आफ्नो मोबाइल मनिमा लगइन गर्नेबित्तिकै “कार्डलेस विथ ड्र” भन्ने अप्सन देख्नेछन् र यसमा क्लिक गरेर चाहेजतिको रकम हाल्नुपर्नेछ। त्यसपछि “कन्फर्म” गर्नका लागि आफ्नो एम पिन वा फिंगर प्रिन्ट स्क्यान गर्नुपर्नेछ। यति गरिसकेपछि ग्राहकले आफ्नो फोनमा (मोबाइल मनिमा दर्ता भएको नम्बरमा) “ओटीपी कोड” एसएमएसको रुपमा प्राप्त गर्नेछन् जसलाई कारोबार नसकेसम्म सुरक्षित राख्नुपर्ने हुन्छ तर प्राप्त भएको सो ओटीपी कोड केही समयसम्मका लागि मात्र प्रयोग गर्न सकिनेछ।

भिडियाेः 

यति गरिसकेपछि एटीएम बुथमा एटीएममा पनि कार्ड हाल्नुअगाडि नै ग्राहकले “कार्डरहित” भन्ने अप्सन देख्न सक्नेछन्, र सो अप्सन छानिसकेपछि आफ्नो मोबाइल मनि मा दर्ता भएको नम्बर हाल्नुपर्ने हुन्छ। त्यसपछि ग्राहकले प्राप्त गरेको ओटीपी कोड र मोबाइल मनिमा अनुरोध गरिएको रकम हालेपछि ग्राहकले एटीएमबाट नगद प्राप्त गर्न सक्नेछन्।

यसमा ध्यान पुर्याउनु पर्ने कुराचाहिँ एटीएममा र मोबाइल मनिमा हालिएको रकम कम वा बढी नभई एउटै हुन जरुरी छ।

यो नौलो प्रविधि र सुविधाका सबैभन्दा महत्वपुर्ण फाईदा भनेको आफूले एटीएम कार्ड बोकी राख्नुपर्दैन। कार्ड बिर्सिए पनि स्मार्ट कार्डरहित एटीएम सुविधाद्वारा एटीएम बाट पैसा झिक्न सकिनेछ।

यति मात्र नभई नेपालभरि लक्ष्मी बैंकको एटीएमको माध्यमबाट आफूले चाहको ठाउँमा सजिलै पैसा पठाउन पनि सकिने बैंकले जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .