समाज


आठ महिनामा विपदका २६ सय ५२ घटना, ४९७ जनाको मृत्यु

आठ महिनामा विपदका २६ सय ५२ घटना, ४९७ जनाको मृत्यु

नेपालखबर
पुस २, २०७७ बिहिबार ८:५७,

यस वर्षको आठ महिनाको अवधिमा नेपालमा विपदका दुई हजार ६ सय ५२ घटना भएका छन्। ती घटनामा चार सय ९७ जनाले ज्यान गुमाएका छन्।

राष्ट्रिय विपद जोखिम न्युनिकरण प्राधिकरणका अनुसार २०७७ साल वैशाख १ गतेदेखि पुष २ गतेसम्मको अवधिमा भएका विपदका घटनाबाट ८९९ जना घाइते भएका छन् भने १०१ जना बेपत्ता छन्। यो अवधिमा दुई हजार चार सय ९० चौपाया मरेका छन्।

सबैभन्दा धेरै पहिरोबाट ३०१ जनाको मृत्यु भएको छ भने ६४ जना बेपत्ता र २२६ घाइते भएका छन्।

यस्तै, चट्यांगबाट ६५, बाढीबाट ४२, आगलागीबाट २६, सर्पदंशबाट २१, जनावरको आक्रमणमा परी २०, अविरल वर्षाका कारण १५ र हावाहुरीबाट ७ जनाको मृत्यु भएको प्राधिकरणको तथ्यांकमा उल्लेख छ।

प्राधिकरणले विपदबाट एक अर्ब १० करोड ९४ लाख ३१ हजार नौ सय ६० रुपैयाँ बराबर क्षति भएको अनुमान गरेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad