प्रधानमन्त्री केपी शर्मा ओलीले संवैधानिक परिषद्को बैठक बोलाएका छन्।
आज बिहीबार साँझ ५ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने गरी सो बैठक आह्वान गरिएको स्रोतले जनाएको छ।
प्रधानमन्त्रीले आज साँझ ५ बजे संवैधानिक परिषद् र त्यसलगत्तै साँझ ६ मन्त्रिपरिषद् बैठकसमेत आह्वान गरेको हुँदा मन्त्रिपरिषद् बैठकबाट सो अध्यादेश फिर्ता गर्नेबारे निर्णय हुनसक्ने स्रोतको भनाइ छ।
मंगलबार बसेको मन्त्रिपरिषद्को बैठकले परिषद्को बैठक बस्न आवश्यक गणपुरक संख्या कम गर्ने गरी अध्यादेश ल्याएपछि त्यसको सत्तारुढ दल नेकपा, प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस लगायत दलहरुबाट त्यसको विरोध भएको थियो।
सबैतर्फबाट विरोध भएपछि प्रधानमन्त्री ओलीले बुधबार सो अध्यादेश फिर्ता ल्याउने भनी नेकपाकै शीर्ष नेताहरुसँग प्रतिबद्धता जनाएका थिए।
यो पनि :
साँझ ६ बजे मन्त्रिपरिषद बैठक, अध्यादेश फिर्ताको निर्णय हुनसक्ने

प्रतिक्रिया