ad ad

समाज


बेलायतमा एक हप्तामा एक लाख ३७ हजारले लगाए कोरोनाविरुद्धको खोप

बेलायतमा एक हप्तामा एक लाख ३७ हजारले लगाए कोरोनाविरुद्धको खोप

नेपालखबर
पुस १, २०७७ बुधबार २३:५०,

बेलायतमा अहिलेसम्म एक लाख ३७ हजार भन्दा धेरैले कोरोनाविरुद्धको खोप लगाएका छन्।

एक हप्ताको अवधिमा एक लाख ३७ हजार भन्दा धेरै मानिसले खोप लगाएका सरकारी अधिकारीहरूले जनाएका छन्।

बेलायतमा अघिल्लो हप्ताको मङ्गलबार ९० वर्षीय एक वृद्धालाई खोप लगाएर कोरोना विरुद्धको खोप लगाउन शुरु गरिएको थियो।

औपचारिक रूपममा कोरोनाविरुद्धको खोप लगाउने कार्य पनि बेलायतबाटै शुरु भएको हो। बेलायतको सरकारी निकायले फाइजर बायोएनटेकको खोप आपत्कालीन अवस्थाका सङ्क्रमितलाई प्रयोग गर्न स्वीकृति दिएको थियो।

स्वास्थ्य तथा सामाजिक सेवा विभागले दिएको जानकारीअनुसार देशभरी अहिलेसम्म एक लाख ३७ हजार ८९७ जनालाई कोरोनाविरुद्धको खोप दिइएको छ । तीमध्ये झण्डै एक लाख आठ हजार जना इग्ल्याण्डका मात्रै रहेका छन्।

प्रधानमन्त्री बोरिस जोनसनले कोरोनाविरुद्धको खोप दिने कार्य उत्साहजनक रूपमा अगाडि बढीरहेको बताउँदै यसलाई ‘राम्रो शुरुआत’को रूपमा लिन आह्वान गरेका छन्।

बेलायतले चार करोड खोप माग गरिसकेको छ भने त्यसले दुई करोड मानिसलाई पुग्ने जनाएको छ। यो खोप हरेक व्यक्तिलाई २१ दिनमा दुई पटक दिनु पर्ने खोप निर्माताहरूको सिफारिस छ।

पहिलो चरणमा आठ लाख मानिसलाई कोरोनाविरुद्धको खोप लगाउने बेलायतको योजना रहेको पनि प्रधानमन्त्री जोनसनले जानकारी दिए।

बेलायतमा सबैभन्दा बढी प्राथमिकता ८० वर्ष माथिका ज्येष्ठ नागरिक र स्वास्थ्यकर्मीहरूलाई दिइएको छ भने अन्यलाई प्राथमिकता निर्धारण गरेर दिइने अधिकारीहरुले जनाएका छन्।

कोरोनाभाइरसबाट सङ्क्रमित भएर बेलायतमा अहिलेसम्म झण्डै ६५ हजारको मृत्यु भएको छ भने झण्डै १९ लाख मानिस सङ्क्रमित भएका छन्।

विश्वभरी अहिलेसम्म सात करोड ३९ लाख ६७ हजारभन्दा बढी सङ्क्रमित हुँदा १६ लाख ४५ हजारभन्दा बढीको मृत्यु भएको छ। एजेन्सी

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .