प्रधानमन्त्री केपी शर्मा ओलीले मंगलबार ल्याएको संवैधानिक परिषद्सम्बन्धी अध्यादेश फिर्ता लिन तयार भएपछि नेकपाको स्थायी समितिको बैठक सुरु भएको छ।
त्यसैगरी आजै केही सांसदले संसदको विशेष अधिवेशन माग गरेर राष्ट्रपति कार्यालयमा बुझाउन लागिएको प्रस्ताव पनि फिर्ता लिने सहमति भएको छ।
आज १ बजेका लागि तय गरिएको बैठकमा सुरुमा प्रधानमन्त्री केपी शर्मा ओलीले कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको राजनीतिक प्रस्तावबारे छलफल गर्ने एजेण्डा भए आफू छलफलमा नआउने बताएका थिए।
त्यसपछि महासचिव विष्णु पौडेलको समेत उपस्थितिमा दुई अध्यक्षबीच भएको छलफलमा ओलीले अध्यादेश फिर्ता लिन तयार रहेको स्रोतले जनाएको छ।
त्यसैगरी प्रचण्ड पक्षले विशेष अधिवेशनको माग स्थगित गर्ने भएका हुन्।
नेकपाका स्थायी समिति सदस्य भीम रावल र पम्फा भुसाल लगायतका नेताहरु संसदको विशेष अधिवेशन माग गरिएको लिखित प्रस्ताव लिएर बुधबार दिउँसो शीतल निवास पुगेका थिए।
यो पनि:
- बैठकको एजेन्डाबारे विवाद भएपछि महासचिवसहित ओली–प्रचण्ड फेरि छलफलमा
- संसदको विशेष अधिवेशन माग गर्न भीम रावल र पम्फा भुसाल पुगे राष्ट्रपति कार्यालय
- ओलीले प्रचण्डलाई भने- प्रतिवेदनमाथि छलफल गर्ने भए बैठकमा आउँदिन
Shares

प्रतिक्रिया