समाज


बर्दियाकाे जंगलबाट दुई थान भरुवा बन्दुक बरामद

बर्दियाकाे जंगलबाट दुई थान भरुवा बन्दुक बरामद

नेपालखबर
साउन १५, २०७६ बुधबार १३:३६,

प्रहरीले बर्दियाको बढैयाताल गाउँपालिका–१ स्थित सानो डाँफे र शान्तिपुर जंगलमा दुई थान भरुवा बन्दुक फेला पारेको छ।

जंगलमा बन्दुक बोकी हिँडिरहेको सुराकीको आधारमा जमुनीस्थित प्रहरी चौकीका प्रहरी नायब निरीक्षक कलाधर सापकोटासहितको गस्ती टोलीले देखिपछि पिछा गर्दा उनीहरू बन्दुक छाडी बाँके र बर्दियाको सिमानास्थित मानखोला तरी भागेका थिए।

बेपत्ता व्यक्तिको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रमुख तथा प्रहरी उपरीक्षक राजेशनाथ बास्तोलाले बताए।

जंगली हात्तीको आक्रमणमा एक घाइते

स्थानीय गेरुवा गाउँपालिका–३ खुटेना बस्ने करिव ७० वर्षीय भरथरे थारूलाई जङ्गली हात्तीले आक्रमण गरी घाइते बनाएको छ। कर्णाली नदीको किनारमा बाख्रा चराउन गएको अवस्थामा जंगली हात्तीले आक्रमण गर्दा उनको शरीरको विभिन्न भागमा चोट लागेको थियो।

पाताभारस्थित इलाका प्रहरी कार्यालयबाट खटिएको प्रहरीले गिरीलाई शान्तिबजारस्थित भेरी मालिका पोलिक्लिनिकमा उपचार गराउन ल्याइएकामा सम्भब नभएकाले नेपालगञ्ज नर्सिङहोममा पठाइएको जिल्ला प्रहरी कार्यालयका प्रमुख तथा प्रहरी उपरीक्षक राजेशनाथ बाँस्तोला बताए। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad