ad ad

समाज


गण्डकीमा कोरोनाबाट एकको मृत्य, ५६ संक्रमित थपिए

गण्डकीमा कोरोनाबाट एकको मृत्य, ५६ संक्रमित थपिए

नेपालखबर
मंसिर २६, २०७७ शुक्रबार ९:४३,

गण्डकी प्रदेशमा कोरोना संक्रमणबाट थप एक जनाको मृत्यु भएको छ।

प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार पोखरा महानगरपालिका १० का ७५ वर्षीय पुरुषको निधन भएको हो।

बिहीबार कोरोना पुष्टि भएका ती पुरुषको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, पश्चिमाञ्चल क्षेत्री अस्पतालको कोघिड उपचार केन्द्रमा उपचारका क्रममा शुक्रबार बिहान ९.१५ बजे मृत्यु भएको हो।

योसँगै गण्डकीमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या १८१ पुगेको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ।

त्यस्तै शुक्रबार गण्डकी प्रदेशमा थप ५६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ, योसँगै गण्डकीमा कोरोना संक्रमितको संख्या १३ हजार १३५ पुगेको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .