महानगरीय ट्राफिक प्रहरी महाशाखाले ३८ थान कीर्ते सवारी चालक अनुमति पत्रसहित एक व्यक्तिलाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा सिन्धुपाल्चोक सांगाचोकगडी नगरपालिका–१२ घर भई हाल भक्तपुरको मध्यपुर ठिमी नगरपालिका–७ बस्ने वर्ष २८ को आशिष गिरी रहेका छन्।
विशेष सूचनाको आधारमा माशाखाबाटको पीडित सहायता सादा पोशाकमा खटिएको ट्राफिक प्रहरी टोलीले उनलाई बा १५ च ४६८४ नं. को गाडीसहित फेला पारेको हो।
उनको साथबाट विभिन्न बैंकका चेकसमेत बरामद भएको छ। गिरीलाई थप अनुसन्धान एवं आवश्यक कारबाहीको लागी महानगरीय प्रहरी वृत्त ठिमी भक्तपुरमा पठाइएको छ।
प्रतिक्रिया