ad ad

राजनीति


कतारले नेपाल सरकारलाई उपहारमा दियो तीन मर्सिडिज कार

कतारले नेपाल सरकारलाई उपहारमा दियो तीन मर्सिडिज कार

नेपालखबर
मंसिर २४, २०७७ बुधबार ९:१,

कतार सरकारले नेपाल सरकारलाई तीन वटा मर्सिडिज कार उपहारस्वरूप प्रदान गरेको छ।

परराष्ट्र मन्त्रालयको प्रांगणमा बुधबार आयोजित हस्तान्तरण कार्यक्रममा नेपालका लागि कतारी राजदूत युसुफ विन मोहम्मद अल–हैलले कतार सरकारका तर्फबाट परराष्ट्र मन्त्रालयका सचिव भरतराज पौड्याललाई ती मर्सिडिज कार हस्तान्तरण गरेका हुन्।

उपहार ग्रहण गर्दै परराष्ट्र सचिव पौड्यालले कतार सरकारलाई धन्यवाद व्यक्त गरेका थिए।

Car gift by Qatar 1

‘कार उपहार प्राप्त भएकोमा मात्र होइन, कतार सरकारले नेपालप्रति देखाएको सद्भाव र निरन्तर सहयोगको लागि सम्पुर्ण नेपालीको तर्फबाट हार्दिक आभार व्यक्त गर्न चाहन्छु,’ सचिव पौड्यालले भने।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .