ad ad

कारोबार


रोजगारी बढाउन साना तथा मझौला उद्योगमा जोड दिऊँ : गोल्छा

रोजगारी बढाउन साना तथा मझौला उद्योगमा जोड दिऊँ : गोल्छा

नेपालखबर
मंसिर २३, २०७७ मंगलबार १२:३६,

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले साना तथा मझौला उद्योगको विकास र विस्तार नभएसम्म रोजगारीका अवसरहरु बढाउन नसकिने बताएका छन्।

ललितपुर उद्योग वाणिज्य संघले मंगलबार आयोजना गरेको कार्यक्रममा बोल्दै अध्यक्ष गोल्छाले साना तथा मझौला उद्योगको विकास र विस्तार नभएसम्म देशमा रोजगारीका अवसरहरु बढ्न नसक्ने बताएका हुन्। त्यसैले महासंघले साना र मझौला उद्योग व्यवसायलाई प्रवद्र्धन गर्ने उद्देश्यले सहजै कर्जा उपलब्ध गराउने विषयमा काम गर्ने बताए।

महासंघले एक सय दिन भित्रमा तयार पार्ने कार्यविधिमा यो विषयलाई प्राथमिकताका साथ समावेस गरी कार्यान्वयनमा लगिने पनि उनले बताए। यस्तै कृषि क्षेत्रमा रहेको परम्परागत उत्पादनलाई प्रतिस्थापन गरी बढी फाइदा दिने वस्तुहरुको उत्पादन गर्ने तर्फ किसानहरुलाई प्रोत्साहन गर्ने सम्बन्धमा समेत महासंघले काम गर्ने अध्यक्ष गोल्छाले बताए।

महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले भने महासंघलाई कमजोर बन्न नदिने प्रतिवद्धता व्यक्त गरे। उद्योगी व्यवसायीको हितमा सधै महासंघलाई बलियो गरी उपस्थित हुने वातावरण निर्माण गरिने पनि ढकालले बताए।

कार्यक्रममा उद्योगी व्यवसायीहरुले महासंघ नेतृत्व समक्ष साना तथा मझौला उद्योगीहरुको हितमा एकजुट भएर काम गर्न आग्रह गरेका छन्। उनीहरुले पक्ष विपक्ष भन्दापनि साझा समस्यालाई एकजुट भएर समाधान गर्ने दिशामा अगाडि बढ्न नेतृत्व समक्ष आग्रह गरेका हुन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .