ad ad

समाज


पछिल्लो २४ घण्टामा २३ संक्रमितको मृत्यु, १३ सय ८२ मा कोरोना पुष्टि

पछिल्लो २४ घण्टामा २३ संक्रमितको मृत्यु, १३ सय ८२ मा कोरोना पुष्टि

नेपालखबर
मंसिर २३, २०७७ मंगलबार १०:३५,

नेपालमा पछिल्लो २४ घण्टामा थप १ हजार ३८२ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मंगलबार दिएको जानकारी अनुसार ८ हजार ९४७ को पीसीआर परीक्षण गर्दा १ हजार ३८२ जनामा कोरोना संक्रमण देखिएको हो।

योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ४३ हजार ३७७ पुगेको छ भने सक्रिय संक्रमितको संख्या १२ हजार ६८६ रहेको छ।

पछिल्लो २४ घण्टामा थप १ हजार ६२१ जना कोरोना संक्रमित निको भएको मन्त्रालयले जनाएको छ। योसँगै कोरोना निको हुनेको संख्या २ लाख २९ हजार ५४ पुगेको छ।

मन्त्रालयका अनुसार गत २४ घण्टामा थप २३ जनाको जना संक्रमितको मृत्यु भएको छ। योसँगै नेपालमा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या १ हजार ६३७ पुगेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .