सेयरबजारमा आज बजार मापन गर्ने नेप्से सूचक र कारोबार रकम दुवै घटेको छ। नेपाल स्टक एक्सचेन्जका अनुसार आज नेप्से ९.०४ अंकले घटेर १९९५.३५ विन्दुमा रोकिएको छ।
क वर्गका कम्पनीको कारोबार मापन गर्ने सेन्सिटिभ सूचक पनि २.५९ अंकले घटेको छ। आज २०२ कम्पनीको १ करोड २५ लाख कित्ता सेयर बिक्री भएको छ। दिनभरिमा ४८ हजार ८०१ पटको खरिदबिक्री हुँदा ५ अर्ब ७१ करोड ९४ लाखको कारोबार भएको छ।
आज जलविद्युत् समूह र म्युचुअल फन्डबाहेक बाँकी १० समूहको कारोबार सूचक घटेको नेप्सेले जनाएको छ।
४६ करोडको सेयर कारोबार गरेको नेपाल पुनर्बीमा कम्पनी सर्वाधिक कारोबार कर्ता कम्पनी बन्दा नेपाल लाइफ इन्स्योरेन्सको ३१ करोडको सेयर किनबेच भएको छ। त्यस्तै नेपाल टेलिकमको २५ करोडको, शिवम् सिमेन्टको १६ करोड १३ लाखको र माथिल्लो तामाकोशीको १६ करोड १ लाखको सेयर कारोबार भएको छ। अघिल्लो दिन ६ अर्बको कारोबार भएको थियो।
कमाउने लगानीकर्ता भने चार कम्पनीका छन्। नारायणी डेभलपमेन्ट बैंक, माथिल्लो तामाकोशी, रसुवागढी हाइड्रोपावर, सान्जेन जलविद्युत् कम्पनीको १० प्रतिशत हाराहारीमा सेयर मूल्य बढेर सकारात्मक सर्किट लागेको छ। त्यस्तै, एभरेस्ट इन्स्योरेन्स कम्पनी लिमिटेड प्रोमोटर सेयरको नकारात्मक सर्किट लागेको छ।
प्रतिक्रिया