ad ad

समाज


कोरोनाको खोप लगाएकी ९० वर्षीया वृद्धा भन्छिन्ः खोप सबैले लगाउनुपर्छ

कोरोनाको खोप लगाएकी ९० वर्षीया वृद्धा भन्छिन्ः खोप सबैले लगाउनुपर्छ

नेपालखबर
मंसिर २३, २०७७ मंगलबार १०:३५,

फाइजर–बायोएनटेकले उत्पादन गरेको कोभिड–१९ विरुद्धको खोप एक ९० वर्षीया महिलालाई लगाएर खोप अभियानको सुरुवात गरिएको हो।

उत्तरी आयरल्यान्ड कोभेन्ट्री निवासी ९० वर्षीया मार्गरेट किनानलाई यो ऐतिहासिक खोप दिएर बेलायतमा खोप अभियानको औपचारिक सुरुवात गरिएको बीबीसीले जनाएको छ।

बेलायतले फाइजर–बायोएनटेकले उत्पादन गरेको खोपलाई औपचारिक स्वीकृत गरी देशव्यापी खोप अभियान सुरु गरेको हो।

पहिलो चरणमा ८० वर्षभन्दा बढी उमेर भएका, केएर होममा कार्यरत व्यक्तिहरु तथा स्वास्थ्य जोखिम उच्च रहेका स्वास्थ्यकर्मीलाई यो खोप दिइने योजना बेलायत सरकारको छ।

विश्वभर १५ लाखभन्दा बढी व्यक्तिको ज्यान लिइसकेको कोरोना भाइरसबाट बेलायतमा पनि ६१ हजार भन्दा बढी व्यक्तिको मृत्यु भइसकेको छ। बेलायतमा १६ लाख व्यक्ति कोरोना भाइरसबाट संक्रमित भएका छन्।

प्रधानमन्त्री बोरिस जोन्सनले खोप अभियान कोभिड–१९ विरुद्ध बेलायतको पहिलो र ठूलो अभियान रहेको बताएका छन्।

V-Day': UK rolls out vaccine, 90-year-old woman first in line | United  Kingdom | Al Jazeera

मार्गरेट किनान के भन्छिन्?

कोरोनाको खोप लगाएकी ९० वर्षकी वृद्धा मार्गरेटले बेलायतमा सबैभन्दा पहिले खोप लगाउन पाएकोमा आफूले गौरवान्वित महसुस गरेको बताएकी छिन्।

उनी भन्छिन्,‘मलाई सबैभन्दा पहिले खोप लगाउन छानियो, मैले गैरवान्वित महसुस गरिरहेको छु। यो पललाई जन्मदिन अगाडिको महत्वपूर्ण उपहारको रुपमा लिएको छु। मलाई विश्वास छ अब म सामान्य जीवनमा फर्कनसक्छु, नयाँ वर्षमा परिवार र आफन्तसँग भेट्न सक्छु।’

मार्गरेटले कोरोनाविरुद्धको खोप सबैले लगाउनु पर्नेमा पनि जोड दिएकी छिन्।

‘९० वर्षको उमेरमा कोरोनाको खोप मैले लगाउन सक्छु भने यो खोप सबैले लगाउन सक्छन्’ उनी भन्छिन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .