ad ad

समाज


०७२ को भूकम्पले बढायो कि घटायो होला सगरमाथाको उचाइ? आज सार्वजनिक हुँदै

०७२ को भूकम्पले बढायो कि घटायो होला सगरमाथाको उचाइ? आज सार्वजनिक हुँदै

नेपालखबर
मंसिर २३, २०७७ मंगलबार २:५२,

विश्वको सर्वोच्च शिखर सगरमाथाको नयाँ उचाइ आज (मंगलबार) सार्वजनिक हुँदै छ।

नेपाल र चीन दुवै देशले एकैपटक सगरमाथाको नयाँ उचाइ सम्बन्धी प्रतिबेदन सार्वजनिक गर्न लागेका भूमी व्यवस्था मन्त्रालयले जनाएको छ। नापी विभागले दिउँसो १ः३० मा पत्रकार सम्मेलन गरी सगरमाथाको नयाँ उचाइ सार्वजनिक गर्ने कार्यक्रम गरेको विभागका सूचना अधिकारी दामोदर ढकालले जानकारी दिए।

सगरमाथाको उचाइ सार्वजनिक गर्न नेपाल सरकारले चीन सरकारसँग प्रस्ताव गरेको थियो। नेपालको प्रस्तावमा चिनियाँ पक्षले सहमति जनाएपछि आज सगरमाथाको उचाइ सार्वजनिक गर्न लागिएको हो। १० मंसिरमा बसेको मन्त्रिपरिषद् बैठकले सगरमाथाको उचाइ सार्वजनिक गर्न स्वीकृती प्रदान गरेको थियो।

१२ वैशाख ०७२ मा गएको विनाशकारी भूकम्पनको कारण सगरमाथाको उचाइमा परिवर्तन आएको आशंकाका बीच नेपाल आफैँले पहिलोपटक आफ्नै स्रोत साधन प्रयोग गरेर सगरमाथाको उचाइ मापन गरेको हो।

नापी विभागका महानिर्देशक प्रकाश जोशीका अनुसार फिल्ड सर्वेक्षणबाट प्राप्त सगरमाथाको वास्तविक उचाइ आज सार्वजनिक हुनेछ। दुबै देशका परराष्ट्रमन्त्री सम्मिलित संयुक्त भर्चुअल बैठकबाट सगरमाथाको नयाँ उचाइ सार्वजनिक गर्न लागिएको हो। केही समयअघि मात्रै नेपाल र चीन दुबै देशले सगरमाथाको उचाइ मापन गरेका थिए।

नेपाल सरकारले दुई वर्ष लगाएर सगरमाथाको उचाइ मापन गरेको हो। उचाइ मापनका लागि सुशिल डंगोलको संयोजकत्वमा सगरमाथा मापन सचिवालय टोली गठन गरिएको थियो । सचिवालयले गत असारमै रिपोर्ट तयार गरेर मन्त्रालयमा बुझाएको थियो।

नेपालले पहिलोपटक ग्लोबल न्याभिकेसन स्याटलाइट सिस्टम (जिएनएसएस) प्रविधिबाट सगरमाथा मापन गरेको हो। यो प्रविधि सबैभन्दा अत्याधुनिक भएको विज्ञहरुले बताएका छन्।विभागले १३ करोड खर्चेर सगरमाथाको मापनको काम पूरा गरेको हो। 

अहिलेसम्म सगरमाथाको उचाइ ८ हजार ८ सय ४८ मिटर छ। यही उचाइलाई अन्तर्राष्ट्रिय जगतले पनि मान्यता दिँदै आएको छ।

सन् १९९९ मा अमेरिका र सन् २००५ मा चीनले सगरमाथाको मापन गरेका थिए। त्यतिबेला दुबै देशका मापन फरक निस्किएको थियो। अमेरिकाको मापनमा आठ हजार आठ सय ५० मिटर उचाइ निस्किएको थियो भने चीनले गरेको मापनमा आठ हजार आठ सय ४४ मिटर मात्रै निस्किएको थियो।

यस पटक हिउँको सहतसहित आधुनिक तथा परंपरागत दुबै विधि अपनाएर सगरमाथाको उचाइ मापन गरिएको सरकारी अधिकारीहरुले जनाएका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .