समाज


तथाकथित उच्च जातको थर लेखेको भन्दै दलित युवामाथि भयो कुटपिट

तथाकथित उच्च जातको थर लेखेको भन्दै दलित युवामाथि भयो कुटपिट

नेपालखबर
मंसिर २२, २०७७ सोमबार ११:४२,

२१ वर्षका भरत जाधवमाथि तथाकथित उच्च जातका युवाहरुले कुटपिट गरेको बीबीसीहिन्दीले जनाएको छ।

गुजरातको अहेमदाबाद जिल्लाको सानन्द शहरमा यस कुटपिटको घटना भएको हो।

जाधव थर भारतमा दलित र राजपुत दुवै समुदायका मानिसले प्रयोग गर्दछन्।

यद्यपी जाधव थर तथाकथित उच्च जातको भएको र यो थर दलितले प्रयोग गर्न नपाउने भन्दै उनीमाथि कुटपिट भएको हो।

यस कुटपिटको घटना सानन्द जीआईडीसी प्रहरी थानामा दर्ता भएको छ।

लकडाउनका कारण कलेजको पठनपाठन बन्द भएपछि भरत सोराष्ट्रबाट सानन्द कामको खोजीमा आएका थिए। उनका आमाबुबा किसान हुन्।

आर्थिक अवस्था कमजोर भएता पनि उनले मेकानिकल इन्जिनियरिङ पढ्दै आएका छन्। साथै काम गरेर घरमा आर्थिक सहायता प्रदान गर्दै आएका छन्।

तर पढाई नभएको समयमा कलेजको लागि खर्च जुटाउन सानन्द आएका भरत अन्ततः तथाकथित उच्च जातका मानिसको दुर्व्यवहार सहन बाध्य भएका छन्।

उनी केही समययता अहमदाबादको कारखानामा काम गर्दै आएका थिए।

गत डिसेम्बर एक तारिखमा भरतलाई कारखानाको गेटमा हर्षद नाम गरेका व्यक्तिले सर्टको टाँक किन खोलेको भन्दै झापड हिर्काएका थिएभने उनलाई दलित भएर पनि तथाकथित उच्च जातको थर राखेको भन्दै ५–६ जनाले कुटपिट गरेका थिए।

उनलाई फोन गरेर पनि ती युवाहरुले धम्क्याएका थिए। भरतले हात जोडेरै माफी माग्नु परेको थियो।

हाल प्रहरीले आरोपित व्यक्तिहरुलाई गिरफ्तार गरेर अनुसन्धान अगाडि बढाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .