समाज


जनशक्ति अभावमा भेन्टिलेटर प्रयोगविहीन

जनशक्ति अभावमा भेन्टिलेटर प्रयोगविहीन

नेपालखबर
मंसिर २२, २०७७ सोमबार ९:१३,

जिल्ला अस्पताल उदयपुरमा ६ महिनाअघि जडान गरिएका दुईवटा भेन्टिलेटर प्रयोगविहीन अवस्थामा रहेका छन्। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको बजेटमा जडान गरिएको भए पनि यसलाई सञ्चालन गर्ने प्राविधिक जनशक्तिको अभावमा भेन्टिलेटरको प्रयोग हुन नसकेको हो।

जिल्ला अस्पतालका प्रमुख डा जीवनारायण मण्डलका अनुसार आकस्मिक कक्षका सास फेर्न गाह्रो हुने र सघन उपचार कक्षमा राख्नुपर्ने बिरामीका लागि पहिलोपटक गत असारमा जिल्ला अस्पतालमा ती भेन्टिलेटर जडान गरिएको हो।

‘यसलाई सञ्चालन गर्ने जनशक्तिको व्यवस्थापन नहुँदा भेन्टिलेटर प्रयोगविहीन बन्न पुगेका हुन्’, उनले भने।

भेन्टिलेटर प्रयोगमा नआउँदा आकस्मिक कक्षका बिरामी बाध्य भएर जिल्ला बाहिर रिफर गर्न परेको डा. मण्डल बताउँछन्।

अस्पताल विकास समितिका सदस्य महेश रोकाले भेन्टिलेटर सञ्चालन गर्ने प्राविधिक जनशक्ति उपलब्ध वा व्यवस्थापनका लागि पुनः संघीय र प्रदेश सरकारसँग पटकपटक अनुरोध गरिएको तर अहिलेसम्म कार्यान्वयन हुन नसकेको बताए।

त्रियुगा नगरपालिका– ३ मोतिगडाका समाजसेवी ज्ञानबहादुर बस्नेत भन्छन्, ‘प्राविधिक जनशक्ति व्यवस्थापन नहुँदा जिल्लावासीले गम्भीर अवस्थाको उपचार सेवा लिन अहिले पनि लाखौँ खर्च गरेर बाहिर जान बाध्य छन्।’ रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad