कला


विवाहको अघिल्लो दिन अभिनेत्री श्वेता खड्काको यस्तो भावुक सन्देश

विवाहको अघिल्लो दिन अभिनेत्री श्वेता खड्काको यस्तो भावुक सन्देश

नेपालखबर
मंसिर २१, २०७७ आइतबार ९:६,

यसअघिका श्रीमान नायक श्रीकृष्ण श्रेष्ठको निधन भएको ६ वर्षपछि नायिका खड्काले दोस्रो विवाह गर्न लागेकी छिन्।

सोमबार उनको धनगढीका विजयेन्द्र सिंह रावतसँग विवाह हुँदैछ। उनले वितेको ६ वर्षमा भोगेका अनुभव र पीडालाई फेसबुकमा लेखेकी छिन्।

उनले फेसबुकमा आफूले यस अवधिमा ठूलो पिर, व्यथा र दुखहरु खेपेको बताएकी छिन्। उनले फेसबुकमा मृत्युलाई छाडेर जीवन रोजेको उल्लेख गरेकी छिन्।

आफ्नो दोस्रो विवाहको निर्णयले एकल महिलो विवाह गर्न हुन्न भन्ने मानसिकता भएका मानिसलाई ठूलो झट्का लाग्ने पनि उनले उल्लेख गरेकी छिन्।

आफूले भताभुंग भएको जीवनलाई फेरि व्यवस्थित गर्न दोस्रो विवाह गर्न लागेको उनले बताएकी छिन्।

नायिका खड्काले नायक श्रेष्ठसँग २०७१ असार २३ गते विवाह गरेकी थिइन्। दुर्भाग्य बिहे भएको १ महिनापछि नै ब्लड क्यान्सरका कारण त्यही सालको साउन २५ गते नायक श्रेष्ठको निधन भएको थियो।

यस्तो छ उनको फेसबुक स्टाटस: 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad