ad ad

समाज


९५ प्रतिशत प्रभावकारी भएको दाबी गरिएको रुसी खोपको नेपाली मूल्य ३ हजार रुपैयाँ

९५ प्रतिशत प्रभावकारी भएको दाबी गरिएको रुसी खोपको नेपाली मूल्य ३ हजार रुपैयाँ

नेपालखबर
मंसिर २१, २०७७ आइतबार ८:५,

त्यहाँको स्वास्थ्य मन्त्रालयले स्पुतनिक–भी खोपको मूल्य १९ सय ४२ रुबल अर्थात् नेपाली ३ हजार ६७ रुपैयाँ तोकिदिएको रुसको सरकारी समाचार संस्था टासले जनाएको छ।

३ हजार ६७ रुपैयाँमा यस खोपको दुई डोज प्राप्त गर्न सकिने उल्लेख गरिएको छ। यो खोप दुई डोज नै लगाउनु पर्ने रुसी संचार माध्यमले जनाएका छन्।

शनिबार रुसी स्वास्थ्य मन्त्रीका सहयोगी एलेक्सी कुजनेत्सोभले भनेका छन्,‘रुसको स्वास्थ्य मन्त्रालयले स्पुतनिक–भीको मूल्य तोकेको छ। गामेलिया नेसनल रिसर्च सेन्टर फर इपिडिमियोलोजी एन्ड माइक्रोबायोलोजीले बनाएको खोपको दुई डोजको मूल्य १९ सय ४२ रुबल हो।’

उनले सो क्रममा रुसका नागरिकले यस खोप निशुल्क प्राप्त गर्ने बताए। रुसको राजधानी मस्कोमा शनिबारदेखि नै यस खोप लगाउन थालिएको छ।

त्यस्तै बेलायत र बहराइनले पनि यसै हप्तादेखि फाइजर र बायोनटेकले निर्माण गरेको खोप लगाउने घोषणा गरिसकेका छन्।

खोपहरु विभिन्न देशले लगाउन स्वीकृति दिइरहँदा विश्व फेरि अब लयमा फर्कने आशा गरिएको छ।

गतवर्षको डिसेम्बर देखि फैलन सुरु भएको कोरोना भाइरसका कारण हालसम्म विश्वभर ६ करोड ६८ लाख ८२ हजारभन्दा बढी संक्रमित बनेका छन्।

कोरोनाले हालसम्म १५ लाख ३४ हजारको ज्यान लिइसकेको छ भने अहिलेसम्म ४ करोड ६२ लाख ५७ हजार कोरोना मुक्त भएका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .