ad ad

समाज


चीनको कोइलाखानीमा ग्यास चुहिँदा कम्तीमा १८ श्रमिकको मृत्यु

चीनको कोइलाखानीमा ग्यास चुहिँदा कम्तीमा १८ श्रमिकको मृत्यु

नेपालखबर
मंसिर २१, २०७७ आइतबार १:२१,

शनिबार चीनको दक्षिण पश्चिमी प्रान्तको एक कोइला खानीमा कार्बन मनोअक्साइड ग्यास चुहावट हुँदा कम्तिमा १८ श्रमिकको मृत्यु भएको छ।

चोङछिङ शहरको डायोसुइडोङस्थित कोइला खानीमा फसेका २४ जनामध्ये १८ जनाको मृत्यु भएको चिनियाँ सञ्चार माध्यमहरुले जनाएका छन्।

खानीमा फसेका पाँच व्यक्तिलाई बाहिर ल्याउनका लागि उद्धार कार्य जारी रहेको चिनियाँ टेलिभिजन सीसीटीभीले जनाएको छ।

शनिबारसम्म एक व्यक्तिलाई जीवितै उद्धार गरिएको छ भने १८ जनाको मृत शरीर खानीबाहिर ल्याइएको छ। करिब दुई महिनादेखि बन्द अवस्थामा रहेको कोइला खानी केही दिन पहिले मात्र सञ्चालनमा आएको थियो।

चिनियाँ समाचार संस्था सिन्ह्वाका अनुसार खानीमा सन् २०१३ मा तीन व्यक्तिको मृत्यु भए पनि खानीलाई सुरक्षित मानिँदै आएको थियो। घटनाबारे अनुसन्धानका लागि सरकारले अनुसन्धान टोली गठन गरिसकेको छ।

भूमिगत खानीभित्र पहिरो जाँदा र ग्यास चुहावटका कारण मृत्यु हुनुलाई खानीभित्र अपनाउनुपर्ने आवश्यक सुरक्षा सावधानी नअपनाउनु नै प्रमुख कारण मानिन्छ। चीनमा खानीभित्र यस प्रकारका दुःखद दुर्घटना हुनुलाई खानी सञ्चालन गर्ने उद्योग तथा कम्पनीको लापरवाहीका रूपमा लिने गरिएको छ।

चोङछिङको अर्को एउटा खानीमा सेप्टेम्बरमा आगलागी हुँदा कम्तीमा १६ व्यक्तिको मृत्यु भएको थियो। रासस–

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .