बौद्धमा कोठामा हिटर बालेर सुतेका एक महिला र उनकी एक महिनाकी छोरी मृत अवस्थामा फेला परेका छन्।
गोकर्णेश्वर नगरपालिका स्थित नयाँपाटीमा बस्ने २७ वर्षीया पेम्बी शेर्पा र उनकी एक महिनाकी छोरी कोठामैं मृत फेला परेका हुन्।
उनीहरुकाे निस्सासिएर ज्यान गएकाे हुनसक्ने प्रहरीकाे अनुमान छ।
अचेत अवस्थामा रहेका पेम्बी शेर्पाका श्रीमान दोर्जे शेर्पाकाे अहिले उपचार भइरहेको छ।
‘उनीहरु हिटर बालेर सुतेका रहेछन्, कोठाका झ्याल ढोका बन्द रहेछन्, निस्सासिएर मृत भएको आशंका छ,’ बौद्धका डीएसपी नवीन कार्कीले नेपालखबरसँग भने, ‘आमा र छोरीको अहिले पोष्टमार्टम् हुँदैछ।’
उनका श्रीमान दोर्जे शेर्पाको नेपाल मेडिकल कलेजमा उपचार भइरहेको कार्कीले बताए।
प्रहरीका अनुसार राति सुत्दा उनीहरुले क्वाइलवाला हिटर र इलेक्ट्रिकल हिटर बालेर सुतेको पाइएको छ।
प्रतिक्रिया