ad ad

कारोबार


नेपालमा पेप्सीको क्षमता र पुँजी बढाउने प्रस्ताव सरकारले गर्‍यो अस्वीकार

नेपालमा पेप्सीको क्षमता र पुँजी बढाउने प्रस्ताव सरकारले गर्‍यो अस्वीकार

दीपक भट्ट
मंसिर १८, २०७७ बिहिबार ६:११,

बहुराष्ट्रिय कम्पनी पेप्सी (पेप्सीको)ले नेपालमा क्षमताविस्तारको लागि गरेको प्रस्ताव नेपाल सरकारले अस्वीकार गरेको छ।

क्षमता र पुँजी दुवै बढाउने प्रस्ताव अस्वीकृत भएको जानकारीसहितको पत्र यही मंसिर ७ गते कम्पनीलाई सरकारले पठाएको हो।

नेपालमा वरुण बेभरेजले पेप्सी उत्पादन गर्दै आएको छ। नेपालमा कोल्ड ड्रिंक्समा कोका–कोला र पेप्सीबीच व्यावसायिक प्रतिस्पर्धा छ। यी दुई ब्राण्डले कोका–कोला र पेप्सीमात्रै नभई अरु सहायक उत्पादनहरु समेत बिक्रीवितरण गर्दै आएका छन्।

पेप्सीले सहायक उत्पादनहरु ड्यु, मिरिण्डा, सेभेन अपलगायत र कोका–कोलाले स्प्राइट, फ्यान्टा र किन्लेपानीलगायतको पनि बिक्रीवितरण गर्छ।

कोका–कोलाले आफैँ आफूलाई चाहिले बोटललगायत प्याकेजिङका वस्तुहरु पनि उत्पादन गर्दै आएको छ। तर पेप्सीले यस्ता वस्तु अरुबाट खरिद गर्ने गर्छ।

लागत रकम कम पार्नको लागि पेप्सीले बोटल उत्पादन गर्ने उद्देश्यले चालू आर्थिक वर्षको सुरुतिर क्षमता र पुँजीविस्तारको प्रस्ताव उद्योग विभागसमक्ष गरेको थियो।

यसरी क्षमता वृद्धि गर्न अहिले रोकावट भएको उद्योग विभागले जनाएको छ।

विभागका अनुसार सोही कारण वरुण बेभरेजको मात्रै नभएर सबैजसो उद्योगको यस्तो प्रकृतिको क्षमता वृद्धि रोकिएको हो।

अहिले हरेकजसो पेयपदार्थ उत्पादन गर्ने उद्योगहरुले यस्तो प्रकृतिको क्षमता वृद्धिको प्रस्ताव गरिरहेका छन् तर सबैको प्रस्ताव अस्वीकार गरिएको उद्योग विभागका निर्देशक भुक्तराज जोशीले बताए।

उनले नेपालखबरसँग भने, ‘नेपालमा रहेका मदिरा उत्पादन गर्ने उद्योगले पनि अहिले क्षमतासँगै पुँजीवृद्धिको प्रस्ताव राखेका छन् तर अहिले कुनै पनि उद्योगलाई स्वीकृति नदिने निर्देशन मन्त्रालयबाट जारी भएकोले रोकिएको छ।’

वरुण बेभरेजको हकमा के भन्छ विभाग?
‘वरुण बेभरेज नेपाल प्रालिको नवलपरासीस्थित आफ्नो शाखा उद्योगको पुँजी तथा क्षमता वृद्धि तथा उद्देश्य थपको लागि पेश गरेको निवेदन सम्बन्धमा कारबाही भयो। यसअनुसार उद्योगको पूर्वस्वीकृत उत्पादनहरु पेय पदार्थ रहेको छ। तर हाल प्रस्तावित प्लाष्टिकका वस्तु भएको हुँदा माग गरेको उद्देश्य एउटै उद्योगभित्र दिन उपयुक्त नदेखिने व्यहोरा २०७७ को निर्णयानुसार जानकारी गराइन्छ।’

यदि प्लाष्टिकका उत्पादन गर्ने भए अर्को छुट्टै कम्पनीमार्फत आउन पनि उद्योग विभागले स्पष्ट पारेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .