ad ad

राजनीति


पौडेलमाथि अभद्र व्यवहार गर्नेमाथि कारबाही गर्न कांग्रेसको माग

पौडेलमाथि अभद्र व्यवहार गर्नेमाथि कारबाही गर्न कांग्रेसको माग

नेपालखबर
मंसिर १८, २०७७ बिहिबार ६:२२,

नेपाली काँग्रेस संसदीय दल (राष्ट्रिय सभा)ले पार्टीका वरिष्ठ नेता एवं संसदीय दलका पूर्व नेता रामचन्द्र पौडेलसहित तनहुँमा कांग्रेस नेता कार्यकर्तामाथि भएको हस्तक्षेपप्रति भत्र्सना गरेको छ।

बिहीबार संसदीय दलका नेता राधेश्याम अधिकारी र प्रमुख सचेतक अनिता देवकोटाले एक विज्ञप्ति प्रकाशित गर्दै शान्तिपूर्ण कार्यक्रममा हस्तक्षेप गर्ने उद्देश्यले जिल्ला प्रशासन कार्यालय, तनहुँबाट निषेधाज्ञा जारी गरी नेपाली कांग्रेसका नेता, कार्यकतामाथि अभद्र व्यवहार गरेको भन्दै भत्र्सना गरेका हुन्।

उनीहरुले संविधानले भेला हुने, संगठन गर्ने र शान्तिपूर्ण तवरले कार्यक्रम गर्न पाउने हकको सुनिश्चितता गरेको भन्दै उक्त घटनाको छानबिन गरी दोषीमाथि कारबाही गर्न समेत माग गरेका छन्।

‘नेपालको संविधानद्वारा प्रदत्त भेला हुने, संगठन गर्ने र शान्तिपूर्ण तवरले कार्यक्रम गर्न पाउने हकमा आघात पु¥याउने गरी भएको उक्त कार्यको निन्दा गर्दै नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलसमेत माथि भएको अन्यायको छानविन गरी दोषी माथि कारबाही गरियोस् भनी नेपाली कांग्रेस संसदीय दल (राष्ट्रिय सभा) नेपाल सरकारसंग जोडदार माग गर्दछ’, विज्ञप्तिमा भनिएको छ।

बुधबार दिउँसो गृहजिल्ला तनहुँमा पुल उद्घाटनका क्रममा पक्राउ परेका नेता पौडेललाई प्रहरीले तीन घण्टा नियन्त्रणमा लिएर छाडेको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .