ad ad

समाज


हुम्ला विमानस्थलमा आगलागी : धन्नले बाँचे उडड्यन प्राधिकरण प्रमुख

हुम्ला विमानस्थलमा आगलागी : धन्नले बाँचे उडड्यन प्राधिकरण प्रमुख

नेपालखबर
मंसिर १८, २०७७ बिहिबार ३:५७,

हुम्ला विमानस्थलका प्रमुख विष्णुप्रसाद अधिकारी बिहीबार बिहानै अचानक भएकाे आगलागीबाट धन्नले बाँचेका छन्।

हुम्ला जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक (डीएसपी) सूर्यप्रकाश सुवेदीका अनुसार नागरिक उडड्यन प्राधिकरण प्रमुख अधिकारी सुतिरहेका बेला आगलागी भएकाे हाे। 

विमानस्थल सुरक्षामा खटिएका सुरक्षाकर्मीले आफ्नो कार्यालयको झ्यालबाट धुवाँको मुस्लो देखेर तुरुन्त सूचना दिएका कारण उनी भाग्न सफल भएकाे उनले बताए। 

डीएसपी सुवेदीका अनुसार भाग्ने क्रममा विमानस्थल प्रमुख अधिकारी सामान्य घाइते भएका छन्।

‘अन्धाधुन्द भाग्ने क्रममा प्राधिकरण प्रमुख विष्णुप्रसाद अधिकारीको निधार, हातमा ससाना चोटकपटक लागेका छन्,’ उनले नेपालखबरसँग भने।

यसैगरी आगो निभाउने क्रमममा विमानस्थल सुरक्षा गार्डमा कार्यरत प्रहरी कार्यालय सहायक गणेश सुयाल पनि सामान्य घाइते भएका छन्। 

आगलागी हुनासाथ नजिकैको सुरक्षा पोस्टबाट खटिएका प्रहरीले तत्काल सरसामान निकालेको उनले बताए।

विद्युत् सर्ट भएर आगलागी भएको डीएसपी सुवेदीले जानकारी दिए।

उनका अनुसार सुरक्षाकर्मीले बेलैमा थाहा पाएका कारण ठूलो क्षति हुनबाट जोगिएको हाे। 

‘प्राधिकरण प्रमुख अधिकारी सुतेकै कोठामा आगलागी भएको रहेछ, उहाँ एक्लै सुत्नुभएको रहेछ,’ डीएसपी सुवेदीले नेपालखबरलाई सुनाए, ‘पछाडिपट्टि अन्य स्टाफ पनि सुतेका थिए भन्ने बुझिएको छ।’

यसअघि :  हुम्ला विमानस्थलमा आगलागी

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .