ad ad

समाज


जन्ती सवार गाडी दुर्घटना हुँदा बेहुलाबेहुलीसहित १३ जना घाइते

जन्ती सवार गाडी दुर्घटना हुँदा बेहुलाबेहुलीसहित १३ जना घाइते

नेपालखबर
मंसिर १८, २०७७ बिहिबार ३:३०,

धनगढी–डडेल्धुरा राजमार्गअन्तर्गमा पर्ने कैलालीको गोदावरी नगरपालिकाको गाईमारा सडकखण्डमा जन्ती सवार रहेको गाडी गए राति दुर्घटना हुँदा बेहुला बेहुलीसहित १३ जना घाइते भएका छन्।

बैतडीबाट कञ्चनपुरतर्फ आउँदै गरेको सु प प्र०१००१ज१२५४ नम्बरको गाडी सडकबाट झण्डै २०० मिटर तल खसेको प्रहरीले जनाएको छ।

दुर्घटनामा बेहुला कञ्चनपुरको बेलौरी नगरपालिका–३ का २१ वर्षीय गोविन्द लुहार र बेहुली बैतडी दोगडाकेदार नगरपालिका–६ की २० वर्षीया डम्मरा लुहारसहित १३ जना घाइते भएका छन्।

बेहुलाको टाउकोमा र बेहुलीको हातमा चोट लागेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रतीक विष्टले जानकारी दिए।

घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर छ । कैलाली प्रहरीको टोलीले घाइतेको उद्धार गरी उपचारको लागि अत्तरियास्थित पद्मा अस्पताल र धनगढीको माया मेट्रो अस्पतामा भर्ना गरेको छ। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .