ad ad

समाज


महिलाको फेसबुक एकाउन्ट ह्याक गरी अश्लील फोटो राखिदिन्छौँ भन्दै ठगी गर्ने २ जना पक्राउ

महिलाको फेसबुक एकाउन्ट ह्याक गरी अश्लील फोटो राखिदिन्छौँ भन्दै ठगी गर्ने २ जना पक्राउ

नेपालखबर
मंसिर १६, २०७७ मंगलबार ८:४०,

फेसबुक एकाउन्ट ह्याक गरी ३० हजार रुपैयाँ ठगी गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेहरुमा सप्तरी सितापुर गाउँपालिका–३ बस्ने ३१ वर्षीय रामदेव साह र ईटहरी उपमहानगरपालिका–४ बस्ने २३ वर्षीया मनिषा गिरी रहेका छन्। उनीहरुलाई प्रहरीले आइतबार पक्राउ गरेको हो।

उनीहरुले एक महिलाको फेसबुक एकाउन्ट ह्याक गरी नगद ३० हजार रुपैयाँ पठाउ नत्र अश्लील तस्बिरहरू सामाजिक सञ्जालमा राखीदिन्छु भनी डर त्रास देखाएर उक्त रकम ठगी गरेको प्रहरीले जनाएको छ।

बाराको जितपुर सिमरा उपमहानगरपालिका–२ बस्ने एक महिलाको फेसबुक एकाउन्ट ह्याक गरी उनीहरुले उक्त रकम ठगी गरेका हुन्। ती महिलाले दिएको सूचनाका आधारमा खटिएको प्रहरी टोलीले अनुसन्धान गर्दै जाँदा सुनसरी ईटहरी उपमहानगरपालिका–६, ईटहरीमा रहेको आइएमईबाट ठगी गरेको रकम झिकिरहेको अवस्थामा रकमसहित फेला पारी उनीहरूलाई पक्राउ गरेको हो।

उनीहरु उपर आपराधिक लाभ मुद्दामा जिल्ला अदालत बाराबाट ५ दिन म्याद थप अनुमति लिई अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .