ad ad

समाज


कोरोनाको उत्पत्ति स्थल पत्ता लगाउन अति आवश्यकः डब्लूएचओ, हाम्रो देशमा उत्पन्न भएको होइनः चीन

कोरोनाको उत्पत्ति स्थल पत्ता लगाउन अति आवश्यकः डब्लूएचओ, हाम्रो देशमा उत्पन्न भएको होइनः चीन

नेपालखबर
मंसिर १६, २०७७ मंगलबार ०:३२,

विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले कोरोना भाइरस कहाँबाट उत्पन्न भयो भन्ने कुरा थाहा पाउन अति आवश्यक भएको बताएको छ।

डब्ल्यूएचओका महानिर्देशक डाक्टर टेड्रोस एडनहम गेब्रियससले कोरोना भाइरसको उत्पत्ति स्थल पत्ता लगाउन सके भविष्यमा यस्ता खालका समस्या रोक्न मद्दत पुग्ने बताएका हुन्।

‘यो पत्ता लगाउन हरेक उपाय अपनाएर प्रयास गरिरहेका छौं,’ उनले भने, ‘चीनको उहानपछि निचोडका लागि अन्य कुनै बाटा पनि छन् कि भनेर अनुसन्धान गरिनेछ।’

कोरोना उहानमा उत्पन्न भएकाे होइन : चीन
यसैबीच चीनका सञ्चारमाध्यमले भने करोना भाइरसको सुरुवात उहानबाट नभएको दाबी गरिरहेका छन्।

फ्रोजन खानेकुरामार्फत कोरोना कुनै देशबाट चीनमा भित्रिएको उनीहरूको भनाइ छ।

पिपल्स डेली, डेली मेललगायत थुप्रै चिनियाँ पत्रिकाले कोरोना भाइरस उहानमा उत्पन्न् भएको कुनै प्रमाण फेला नपरेको दाबी गरेका हुन्।

चीनका एक महामारी विज्ञ झेङ गुआङले भनेका छन्, ‘कोरोना भाइरस उहानमा पहिचान मात्र भएको हो, यहीँ जन्मिएको होइन।’ एजेन्सी

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .