ad ad

समाज


९ महिनादेखि बन्द रहेको पशुपतिनाथ मन्दिर पुस १ गतेदेखि खुल्ने

९ महिनादेखि बन्द रहेको पशुपतिनाथ मन्दिर पुस १ गतेदेखि खुल्ने

नेपालखबर
मंसिर १६, २०७७ मंगलबार ०:४६,

गएको ११ चैतमा सरकारले लकडाउन घोषणा गरेपछि बन्द भएको पशुपतिनाथ मन्दिर आगामी पुस १ गतेदेखि खुल्ने भएको छ।

पशुपति क्षेत्र विकास कोषले न्यूनतम स्वास्थ्य मापदण्ड अपनाएर मन्दिर खोल्ने तयारी गरेको हो। अब पशुपतिनाथ दर्शन गर्न जाने भक्तजनले मास्क अनिवार्य रुपमा लगाएर आउनुपर्ने कोषका सचिव डा.प्रदीप ढकालले जानकारी दिए।

मन्दिर प्रवेश गर्नुअघि भक्तजनलाई स्यानीटाइजर लगाउन दिने तयारी कोषले गरेको छ। भिडभाड नगरी एकपटकमा एउटा समूहलाई मात्र मन्दिर प्रवेश गर्न दिइने छ। त्यस्तै लाइनमा बस्नेबीच दुई मिटरको दूरी कायम गरिने कोषणले जनाएको छ।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .