आज असार १६ गते (जुन ३० तारिख) देखि मनसुन देशभर फैलिएको छ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार आज गण्डकी र लुम्बिनी प्रदेशका बाँकी भाग, कर्णाली र सुदूरपश्चिम प्रदेशका सबै क्षेत्रमा मनसुन पुगेको हो। योसँगै आजदेखि मनसुन पूरै देशमा विस्तार भएको छ।
असार ५ गते (जुन १९ तारिख ) कोसी प्रदेशबाट प्रवेश गरेको मनसुन देशभर फैलिन १२ दिन लागेको छ।
नेपालमा मनसुन प्रवेश गर्ने सरदर मिति जुन १३ तारिख हो। यो मितिभन्दा ६ दिन ढिला नेपाल प्रवेश गरेको मनसुन सुरुमा कोसी प्रदेशका केही भागमा मात्र सीमित भएको थियो।
यसपछि असार ८ गते कोसी प्रदेशका बाँकी सबै स्थान, मधेस प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेशका केही भाग र लुम्बिनी प्रदेशको पूर्वी क्षेत्रका थोरै स्थानमासम्म विस्तार भएको थियो।
अहिले बाँकी रहेका सबै स्थानमा मनसुन पुगेको हो।

Shares

प्रतिक्रिया