समाज


हिन्दू भएर पनि जब गुरु नानकले जनै लगाउन अस्वीकार गरे...

हिन्दू भएर पनि जब गुरु नानकले जनै लगाउन अस्वीकार गरे...

नेपालखबर
मंसिर १५, २०७७ सोमबार ३:१५,

आज (२०२० नोभेम्बर ३०), सिख धर्मका संस्थापक गुरु नानकको जन्मजयन्ती। उनी कार्तिक पूर्णिमाका दिन जन्मिएका थिए।

नानकले सिख धर्ममा हिन्दू र इस्लाम दुवैको भलाइलाई समेटे। तर यसो भनेर सिख धर्म हिन्दू र इस्लाम धर्मको संयोजन होइन।

गुरु नानक एक मौलिक आध्यात्मिक विचारक थिए। उनले आफ्ना विचार कवितात्मक शैलीमा प्रस्तुत गर्थे। यस्तै शैली पाइन्छ- शिख धर्मको धर्मग्रन्थ गुरुग्रन्थ साहिबको पनि।

गुरु नानकको जीवनबारे धेरै कम मानिसलाई मात्र थाहा छ। यद्यपि सिख परम्परा र उनको जन्म रेकर्डमा सबै जानकारी छ। यहीमार्फत उनका महत्वपूर्ण उपदेश पनि हामीसम्म आइपुगेका हुन्।

बालक नानकको जन्म १४६९ मा लाहौरबाट ६४ किलोमिटर टाढाको ठाउँमा भएको थियो। सिख परम्पराअनुसार नानकको जन्म र सुरुवाती वर्षले धेरै हिसाबले महत्वपूर्ण अर्थ राख्छन्। भनिन्छ कि ईश्वरले नानकलाई केही अलग गर्न प्रेरित गरेका थिए।

नानकको जन्म एक हिन्दू परिवारमा भएको थियो। तर उनले तुरुन्तै इस्लाम र हिन्दू धर्मको व्यापक अध्ययन सुरु गरे। परिणाम- नानकलाई बाल्यकालमै कवि र दर्शनको अद्भूत क्षमता प्राप्त भयो।

गुरु नानकबारे एउटा प्रसिद्ध कथा छ। उनी ११ वर्षकै उमेरमा विद्रोही स्वभावका थिए। यस उमेरमा हिन्दू बालकलाई पवित्र जनै लगाउन सुरु गरिन्छ। तर गुरु नानकले यो लगाउन अस्वीकार गरे। उनको भनाइ थियो- ‘मानिसले जनै लगाउनुभन्दा पनि आफूमा असल आचरण विकासमा ध्यान दिनुपर्छ।’

नानकले विद्रोही आध्यात्मिक मार्ग अपनाइरहे। उनले स्थानीय साधु र गुरुप्रति प्रश्न खडा गर्न थाले। उनी समान रूपमा हिन्दू र मुसलमान समुदायलाई प्रश्न गर्थे। नानकको जोड आन्तरिक परिवर्तनमा थियो। उनी देखावटीपन पटक्कै मन पराउँथेनन्।

गुरु नानक केही समय लेखकका रूपमा पनि काम गरे। तर कलिलो उमेरमा उनले आध्यात्मिक अध्ययनमा आफूलाई समर्पण गरे। नानक आत्मिक अनुभवबाट धेरै प्रभावित थिए र उनी प्रकृतिमा नै परमेश्वर खोज्थे।

गुरु नानक भन्थे– चिन्तनमार्फत अध्यात्मको बाटोमा अघि बढ्न सकिन्छ। उनको मान्यता थियो– आफ्नो जीवन शैलीका माध्यमबाट हरेक मानिसले आफूभित्रको ईश्वर देख्न सक्छन्।

सन् १४४६ मा उनको विवाह भएको थियो। उनको परिवार पनि थियो। नानकले भारत, तिब्बत र अरबबाट आध्यात्मिक यात्राको सुरुवात गरे। यो यात्रा ३० वर्षसम्म जारी रह्यो। यस क्रममा नानकले निकै अध्ययन गरे र शिक्षित व्यक्तिसँग बहस पनि गरे।

यस क्रममा नानकले सिख धर्मको बाटोलाई आकार दिए र अस जीवनका लागि अध्यात्म स्थापित गरे।

गुरु नानकले जीवनको अन्तिम समय पञ्जाबको करतापुरमा बिताए। यहीं उनले आफ्ना उपदेशमार्फत धेरै अनुयायीलाई आकर्षित गरे।

गुरु नानकको सबैभन्दा महत्वपूर्ण सन्देश थियो– ईश्वर एक छन् र हरेक मानिस सीधै उनीसम्म पुग्न सक्छन्। यसका लागि कुनै धर्म, पुजारी वा गुरुको आवश्यकता पर्दैन।

गुरु नानकले सबैभन्दा ठूलो क्रान्तिकारी सुधार जाति व्यवस्थाविरुद्ध गरे। उनले यो मान्यता स्थापित गरे कि हरेक मानिस एकै हुन्, चाहे जुनसुकै जात वा लिंगका हुन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad